skip this
  • चितवन विशेष

    पुडासैनी मृत भेटिएका होटलका सञ्चारक फरार भन्ने गलत ‘मिडियाबाजी’ भएकाे भनि आक्राेश

  • सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत भएको होटलका सञ्चारक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनले आपत्ति जनाएको छ ।

    सोमबार शान्ति र्याली निकालि सञ्चारकर्मी पुडासैनी मृत भएको होटलका सञ्चालक यज्ञबहादुर कार्की लाई फसाउन मिडियाबाजी गरेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनका अध्यक्ष दिपक ढकालले बताए । उनले कुनै पाहुना होटलमा बसेकै आधारमा संञ्चालकहरुमाथि विभिन्न लान्छना लगाई चितावनमा होटल व्यवसाय गर्न र विस्थापित गर्ने खेल हिजो देखि नै भएकोले होटल सञ्चालक आफ्नै होटलमा रहदा पनि विभिन्न मिडिया प्रयोग गरी भ्रम छरेको आरोप लगाएका छन् ।

    चितावनका होटलहरु पाहुनालाई सुरक्षा दिन तत्पर रहेको भन्दै ढकालले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफुहरु लागेको ले सरकाले व्यवसायीहरुलाई निर्धक्क र भएरहित तवरले व्यवसाय गर्न सुरक्षा दिनुपर्ने बताए । सञ्चारकर्मी पुडासैनी को निष्पक्ष छानविन गरी दोषीलाई कार्वाहि हुनुपर्ने होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको माग रहेको ढकालले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु