skip this
  • चितवन विशेष

    वैध्य नेतृत्व क्रान्तिकारी माओवादीमा चितवनका दर्जनाै युवा प्रवेश

  • चितवन भाद्र ३ ,विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी )मा प्रबेश गरेका छन ।

    नेकपा क्रान्तिकारी माओवादी चितवनको वृहत संगठनात्मक अभियान अन्तर्गत आज पूर्व माओवादी जनमुक्ति सेनाका पूर्व लडाकु बाबा पराजुली लगायत ,विभिन्न पार्टीका युवा संगठनका जिल्ला कमिटी सदस्यहरू अनिश अन्जान ढकाल, रोजित लामा, मन्दीप गुरूङ, धर्म थापा मगर, राजकुमार विक, दिपक राई, प्रकाश विक, प्रताप बानिया, सन्जीत राई लगायत दर्जनौ नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादीमा प्रबेश गरेका छन ।

    विभिन्न पार्टीबाट नेकपा क्रान्तिकारी माओवादीमा प्रबेश गरेको नेकपा क्रान्तिकारी माओवादी चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले जानकारी दिनुभयो ।

    नवप्रबेसी नेता कार्यकर्ताहरूलाई पार्टी सेक्रेटरी असोक शर्मा देजमो जिल्ला अध्यक्ष बाबुराम प्यासी तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष सुरेश गौतम लगायतले अविर लगाएर पार्टी प्रवेस गराउनु भएको थियो।

    नव प्रबेसीहरूलाई जिल्ला सेक्रेटरी शर्माले पार्टीको योजना अनुसार नयाँजनवादी क्रान्तिको तयारीमा लाग्न र वर्गसंघर्षको प्रकृयामा अविचलित ढंगले अगाडि वड्न प्रेरणा समेत दिदै देश विदेशमा छरिएर रहेका समग्र युवाहरूलाई क्रान्तिकारी माओवादीको रक्तिम झण्डामुनी गोल्वन्द गर्दै वर्गसंघर्षको प्रकृयामा सामेल गराउने वताउनु भयो। बिशेष संगठनात्मक अभियान अन्तर्गत जिल्लालाई तीनवटा कमाण्डमा विभाजन गरी जनताको विचमा अभियान लगिरहेको पनि सेक्रेटरी शर्माले वताउनु भयो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु