skip this
  • चितवन विशेष

    भाद्र १३ देखि देशैभरी प्रदर्शन : मारुनी

  • महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भाद्र १३ गते बाट देशै भर्र  प्रदर्शनमा  आउन लागेको मारुनीको प्रचारप्रसारको लागी मारुनी युनिट चितवनमा आएको छ ।

    चलचित्र मारुनीमा सामाजमा भइरहेका महिला हिंसा, महिला अधिकार जस्ता सामाजिक विषय वस्तुलाई समेटिएको निर्देशक नवल नेपालले बताउनु भयो ।  चितवनकी चेली निर्मात्री पूनम गौतमले प्रदर्शनमा आएका अन्य नेपाली चलचित्र भन्दा फरक धारमा चलचित्र मारुनी निर्माण भएको बताउनुभएको छ।

    मारुनीका प्रमुख पात्र साम्राज्ञी राज्य लक्ष्मि शाह र पुष्पल खड्काले चलचित्रमा आफुले सय प्रतिशत दिएको भन्दै सम्पूर्ण दर्शकले आफ्नो चलचित्र हेरेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेका छन्।

    चलचित्रमा नायिक साम्राज्ञी राज्य लक्ष्मि शाह, नायक पुष्पल खड्का, अभिनेत्री रेविका गुरुङलयायतको अभिनय रहेको छ । नवल खड्काले निर्देशन गरेको चलचित्रका अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु