skip this
  • चितवन विशेष

    घर जग्गा कारोबार लाई वैज्ञानिक ढङ्गबाट सञ्चालन गर्नु प्रमुख उद्देश्य- संचालक न्यौपाने

  • भाद्र १०,भरतपुर

    भरतपुर महनागपलिका वडा नं १० मा केहि समय अगाडि देखि सञ्चालनमा आएको घर जग्गा खरिद बिक्री सम्बन्धी काम गर्ने संस्था समृद्धि रियल स्टेट का सञ्चालक समिति सदस्य तथा सेल्स डाइरेक्टर पदम प्रसाद न्यौपाने संग गरिएको विशेष कुराकानी।।

    सुरुवातः हजुरको परिचय बाटै गरौं।
    १) हजुरको संक्षिप्त परिचय, आबद्ध भएका संस्थाहरु र यस संस्थामा हजुरको जिम्मेवारी के हो?

    सर्वप्रथम नमस्कार, म पदम प्रसाद न्यौपाने भरतपुर १२ निवासी र म पेशाले प्राध्यापन मा आबद्ध छु। म विगत १६ वर्षदेखि अध्यापन पेशामा आवद्ध छु। नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं ७ को संयोजकको जिम्मेवारी लिएर काम गरेको र विभिन्न सामाजिक काममा आबद्ध भएर काम गरेको पनि अनुभव छ। यस संस्थाको संचालक समिति सदस्य र sales director को रुपमा रहेको छु।

    २) समृद्धि रियल स्टेट को स्थापना हुनुको उद्देश्य र यसले गर्ने कामहरु के के हुन्?
    समाजमा स्थापित व्यक्तिहरूको समूहद्वारा सञ्चालित सस्था हो समृद्धि रियल स्टेट चितवन। तपाईहरुलाई जानकारी दिंदा यो सस्था व्यापारिक अनुबन्धन हो भन्न सकिन्छ। मुख्यतः नारायणी समृद्धि रियल स्टेट जुन काठमाडौंमा रहेको छ त्यसको स्थापना पहिले भएको हो। उक्त संस्था घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सबै कारोबारलाई करको दायरामा ल्याउने हेतुले स्थापना गरिएको थियो। त्यही विषयलाई आत्मसात गर्दै समृद्धि चितवन को स्थापना गरिएको हो। यसले गर्ने कामहरु मुख्य चार प्रकारका छन् क्रमश Sales, Management,Invesment र Lettings । भन्नाको मतलब हामी घर जग्गा खरिद बिक्री,यसको व्यवस्थापन,लगानि र निर्माण हाम्रा मुख्य कार्यहरू हुन। हामी रियल स्टेट सम्बन्धी उचित परामर्श पनि दिने गर्दछौं।हामी स्थानीय सरकार,प्रदेश सरकार संग समन्वय गरेर अगाडि बढ्ने छौं।

    ३) घरजग्गा खरीदविक्री प्रक्रियाको बारेमा केही बताइदिनुस न ?
    मुख्यतः हामी हाम्रो मुख्य कार्यालयले जिम्मा लगाएको क्षेत्र भित्र अर्थात् हेटौंडा देखि सुस्ता पूर्व सम्म मात्र किनबेच गर्दछौं। तर हाम्रो क्षेत्रभन्दा बाहिर तपाईलाई सेवा चाहिएको खण्डमा हाम्रो कम्पनीको अर्को शाखाबाट सजिलै सेवा लिन सक्नुहुन्छ। तपाईलाई घरजग्गा खरीदविक्री सहज तरिकाले गराउनु नै हाम्रो मुख्य उद्देश्य हो। यदि तपाईलाई कुनै घर जग्गा खरिद गर्नु परेमा हाम्रो अफिसमा सम्पर्क गर्न सक्नुहुन्छ, हामीले हामीसँग उपलब्ध घरहरूको फोटो, भिडियो तपाईहरुलाई देखाउँछौं र फिल्डको अध्ययन समेत गराउँछौं। यदि क्रेता लाई मन परेको खण्डमा त्यो जग्गा हामी बिक्री गर्दछौं। यदि तपाईलाई घरजग्गा बिक्री गर्नुपरेमा घरजग्गाको साहु नै हाम्रो कार्यालयमा आएर २ देखि ५ हजार शुल्क तिरेर रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ। उक्त रजिष्ट्रेशन बापत लिएको शुल्क ले हामी घरजग्गा को बिक्रीका लागि विभिन्न माध्यमद्वारा प्रचार प्रसार गर्दछौं।
    ४) तपाईहरुको कम्पनीको आय व्यय प्रस्ट रूपमा सार्वजनिक गर्नुहुन्छ भन्ने कुरा मा कत्तिको विश्वस्त हुन सकिन्छ ?
    राम्रो प्रश्न गर्नुभयो,हामीले कम्पनीको सबै कुरा अडिट गर्दछौं,वार्षिक प्रतिवेदन तयार गर्दछौं र यो कम्पनीले वर्षमा कति आम्दानी गर्यो,कति कर बुझायो यी सबै कुरा हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ।हामीसँग कारोबार गर्ने सबै व्यक्तिहरूको बैंक खाता, प्यान कार्ड हुनु जरुरी छ त्यो नभएको खण्डमा हामी कारोबार गर्दैनौ।
    ५) तपाईंको आगामी दिनको यात्रा र समाजले आगामी दिनमा तपाईंहरू बाट के प्राप्त गर्न सक्दछ,यो विषयमा छोटो धारणा राखिदिनुस् न ?

    हामी घर जग्गा कारोबारलाई वैज्ञानिक ढङ्गबाट सहज तरिकाबाट र सबै कुरा करको दायरामा बसेर गर्ने लक्ष लिएका छौं।हामी संग कोही व्यक्ति कारोबार गर्न चाहनुभएको खण्डमा वहाँलाई केही झन्झट नदिईकन सबै कार्य हामी बाटनै गरिदिने हाम्रो मुख्य उद्देश्य हो।हामीले सरकारले लिएको समृद्धिको लक्ष मा एक इट्टा थप्ने उद्देश्य का साथ आएका हौं र सरकारको हरेक योजनामा काधमा काध मिलाएर हिँड्नेछौं।हामी सबै सञ्चालकहरु समाजको कुनै न कुनै तहमा रहेर सामाजिक कार्यमा लागेको हुनाले हामीले कमाएको निश्चित रकम हामी सामाजिक कार्यमा लगाउनेछौं।
    ६) समय दिनुभएकोमा धन्यवाद तपाईलाई।
    मलाई तपाईंको मीडिया edchitwan.com मा आफ्नो विचार राख्ने जुन अवसर दिनुभयो त्यसको लागि तपाईंलाई र समग्र मीडिया परिवारलाई धन्यवाद।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु