skip this
  • चितवन विशेष

    नेकपा चितवनका युवा नेतालाई आयाे ज्यान मार्ने धम्की

  • चितवन, १० भदौ। नेपाल कम्युनिष्ट पर्टी नेकपा निकटका एक युवा नेतालाई ज्यान मार्ने धम्की आएको छ।

    चितवनका युवा नेता सन्तोष पनेरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ज्यान मार्ने धम्की आएको हो। प्रदीप कुमार नामको एक फेसबुक प्रयोग कर्ताले सन्तोषलाई रत्नगरचोक आउन भन्दै फेसबुकमार्फत ज्यान मार्ने धम्की दिएका हुन्।

    उनले असभ्य भाषाको प्रयोग गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भरतपुरकी मेयर रेनु दाहालले समेत बचाउन नसक्ने लेखेका छन्।

    सन्तोषले रवि लामिछानेको विरुद्धमा अदालतले दिएको आदेश विषयमा आफ्नो फेसबुक स्टाटस लेखेका थिए। उनले सत्यको जित भएको भन्दै भिडले न्याय प्रभावित नहुने आशयको फेसबुक स्टाटस लेखेका थिए। सोही स्टाटसको कमेन्टमा प्रदीप कुमार नामको एक फेसबुक कर्ताले ज्यान मार्ने धम्की दिएका छन्। सन्तोष पूर्व माओवादी केन्द्र निकट वाईसियलका नेता समेत हुन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु