skip this
  • चितवन विशेष

    गणेशधाम मा दिनेशकुमार चुकेको नेतृत्वमा २५ सदस्यीय समिति गठन

  • भाद्र १०,भरतपुर –

    भरतपुर महानगरपालिका–११ गणेशस्थानमा रहेको गणेशधाम क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको भाद्र ७ गते सम्पन्न छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट दिनेशकुमार चुकेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    संरक्षण तथा सम्वद्र्धन समितिको वरिष्ठ उपाध्यक्षमा राजनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा इ. बाबुराम उपाध्याय, द्वितीय उपाध्यक्षमा प्रेमकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र बराल, सचिवद्वयमा सन्तोष पन्त, विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष शंकर अधिकारी, सहकोषाध्यक्षमा अमृता भट्टराई रहेका छन् । त्यसैगरी सदस्यहरुमा पुस्तकप्रसाद गौतम, केशव थापा(निरु), बाबुराम अधिकारी, शुक्रकुमार श्रेष्ठ, नवराज ढकाल, वेदराज न्यौपाने, नवराज मरहट्टा, मुकुन्दप्रसाद बिडारी, लालप्रसाद ढकाल, भोजराज सुवेदी, कमला अर्याल, राजकुमारी खड्का, कमला गौतम, प्रेरणा किरण पौडेल, रामकृष्ण धमेल र जायश्वर आचार्य रहेका छन् ।

    गणेशधामपरिसरमा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रमको अध्यक्षता दिनेशकुमार चुकेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सांसद विजय सुवेदी, विशिष्ट अतिथिमा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापति र अतिथिहरुमा महानगर प्रवक्ता अरुणपीडित भण्डारी, वडा नम्बर ११ का अध्यक्ष बाबुराम अधिकारी, वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर  श्रेष्ठ, समाजसेवी तेजेन्द्रबहादुर खड्का, देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल, भरतपुर ११ का सदस्य चिन्तामणि लम्साल, समाजसेवी प्रेमकुमार श्रेष्ठ, समाजसेवी राजनकुमार श्रेष्ठ, समाजसेवी रविन्द्र बराललगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु