skip this
  • चितवन विशेष

    शैक्षिक गुणस्तर सँगै सामाजिक कार्यमा पनि अब्बल ग्रीनल्याण्ड बाेर्डिङ्ग

  • चितवन, भाद्र १२ – भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले रत्ननगरको श्री झुवानी माद्यामिक बिद्यालयमा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ग्रीनल्याण्डले शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा तीजको शुभकामना सँगै बिद्यालयमा अध्ययनरत ३२ जना दृष्टी बिहिन विद्यार्थीहरुलाई दर खुवाईएको थियो । रत्ननगर नगरपालिका ५ का वडाध्यक्ष प्रमुख अतिथी रहेको कार्यक्रम ग्रीनल्याण्ड पब्लिक स्कुलको कम्युनिटी क्लबकी अध्यक्ष सोनिसा खड्काको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका लागि ग्रीनल्याण्डकी प्राचार्य इन्दिरा पन्तले बिशेष सहयोग गरेकी थिईन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु