skip this
  • फिचर

    फोर्ब्स कलेजकाे तेश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

  • चितवन । भरतपुर वडा नं. २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले आजआफ्नो तेश्रो वार्षिकोत्सव मनाएकाे छ ।

    यूरेका युनिभर्सिटी स्वीट्जरल्याण्डबाट सम्बन्धन प्राप्त सो कलेजले छोटो समयमा नै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिन सफल भएको छ । आज बिहान आयोजित पत्रकार सम्मेलनमा यूरेका युनिभर्सिटीका प्राध्यापक डा. क्लजले नेपालमा रहेको सो कलेजले राम्रो शिक्षा दिन सफल भएको बताए ।

     

    विश्वका एक दर्जन भन्दा बढी देशमा यूरेका युनिभर्सिटीको सम्बन्धन रहेका कलेजहरु भएको भन्दै उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन फोर्ब्स कलेज सफल भएकोमा खुशी व्यक्त गरे ।
    कार्यक्रममा कलेजका अध्यक्ष सञ्जय कुमार झाले नयाँ टेक्नोलोजी र विषयको पढाईको लागि विदेश जाने परम्पराको अन्त्य गर्न कलेज सफल भएको बताए ।

    हाल नेपालबाट वर्षेनी ९१ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेको भन्दै उनले यस्ता टेक्निकल कलेजहरुको स्थापना पछि विदेश जाने विद्यार्थीको संख्यामा कमि आउने समेत बताए ।

    कार्यक्रममा कलेजका प्राचार्य दिपक गौतम, सहायक प्राचार्य हरिशरण पाठक लगायतले मन्तव्य राखेका थिए । फोर्ब्स कलेजमा हाल १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत छन् भने नयाँ शैक्षिक सत्रमा ८० जना विद्यार्थीहरु भर्ना हुनेछन् । कलेजले आज आयोजना गरेको तेश्रो वार्षिकोत्सव समारोहको अवसरमा कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएको छ । हाल सो कलेजले बी.एच.एम. र बी.सी.एच.आई.टी. विषयमा अध्यापन गराउँदै आएको छ । बार्षिक उत्सव समाराेहमा विधार्थी हरूले विभिन्न मनाेञ्जनात्मक कार्यक्रम गरेका छन । उत्कृष्ट समुह लाइ कार्यक्रममा पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु