skip this
  • विविध

    आँफुलाइ अपशव्द लेखर गाली गर्ने लाइ किशाेर श्रेष्ठकाे कडा चेतावनी

  • स्वतन्त्राकाे दुरूपयाेग गरी  आँफुलाइ अपशव्द लेखर गाली गर्ने लाइ विश्व प्रेश काउन्सीलका महासचिव, प्रेश काउन्सीलका नेपालका अध्यक्ष  अग्रज पत्रकार किशाेर श्रेष्ठकाे कडा चेतावनी पुर्ण प्रतिक्रिया अाएकाे छ । उनले अाफ्नाे फेसबुक मार्फत यर्ताे चेतावनी दिएका हुन हेर्नुस उहाँकाे स्टाटस जस्ताकाे तस्तै ।

    तपाईंमा एक थोपै समवेदना छैन,घरमा दिदी- बहिनी,आमा र पत्नी हुनुहुन्न,मानवीयता छैन भने डिक्सनरीमा भएभरका अश्लिल र अशिष्ट शव्द लेखेर,बोलेर मनको भडास निकाल्नोस्,र यति कुरा याद गर्नोस्-हरेक कुराको एउटा सीमा हुन्छ,मेरो सँस्थामा बसेर नेपालको समग्र पत्रकारिताप्रति मैले इमान्दारितापूर्ण र उपलव्धिमुलक योगदान गरेको छु कि गलत गरेको छु-वर्तमान र भविष्यले ठहर गर्नेछ तर तपाईं बुझेको हैन सुनेको र अरुले उकासेको भरमा ब्यक्तिगत रुपमा ममाथि मात्र हैन मेरो निर्दोष परिवार,सँस्था,साथीभाइ,शुभेच्छुक,सरकार र मेरो महान देशको कानून प्रणालीमाथि सीधा परिचय र सक्कली अनुहार अनि तर्क र तथ्यसहित हैन,छद्मभेषमा नाङ्गै आउनुहुन्छ भने तपाईंलाई धर्तिको जुनकुनै कुनाबाट थुतेर ल्याउन कुनै आइतवार बारिरहनु पर्दैन,त्यतिबेला पश्चातापको निम्ति तपाईंसङ्ग कुनै ठाउँ रहने छैन,बचाउने कुनै भगवान हुने छैन,छिद्रहरु पत्ता लागेका छन्,अब दुलोबाट साँप तान्न बेर लाग्ने छैन ! खुरुखुरु आफ्नो काम गर्नुहोस्,तपाईंले अन्यथा नगरेसम्म हाम्रोतर्फबाट कुनै बाधा छैन,बरु शुभकामना नै छ तर लामो समयदेखि हाम्रो सचेत मौनताको फाइदा उठाउँदै तपाईंलाई कोही,कसैकाबिरुध्द एकपक्षीय रुपमा अश्लिलता ओकलिरहने छुट छैन,चेतना भया ! 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु