skip this
  • चितवन विशेष

    चितवन मेडिकल कलेजकाे दादागिरी, सिडियाेकाे आदेश पनि गरेन पालाना

  • चितवन,असोज २-

    मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका चितवन मेडिकल कलेजका विद्यार्थीले शुल्क फिर्ताको वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत बिहीबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटेका उनीहरुले कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् । प्रजिअ सँगकाे भेटमा चितवन मेडिकल कलेजका केही अभिभावककाे समेत सहभागिता थियाे ।

    चितवन मेडिकल कलेजका चाैँथाे वर्षका विधार्थी तथा चिकित्सा विधार्थी समितिका केन्द्रिय संयाेजक प्रकाश चन्दले आफूहरु तीन हप्तादेखि आन्दोलनमा रहेको भन्दै कलेजले अवैधानिक रुपमा लिएको बढी शुल्क फिर्ता गराउन प्रशासनले पनि साथ दिनुपर्ने बताए । उनले जिल्ला प्रशासन कार्यालय र प्रहरीले शुल्क फिर्ताका लागि दबाब दिन आग्रह गरे । नेपाल सरकारले राजधानी काठमाडौं बाहिर एमबीबीएसको शुल्क ४२ लाख ४५ हजार तोके पनि कलेजले ६ देखि १२ लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीको गुनासो छ ।

    आन्दोलनरत विद्यार्थी मान्यता थापाका बुबा चिरञ्जीवि थापाले आफू श्रीमतीको उपचारमा दिल्ली भएको बेला कलेजले फोन गरेर तुरुन्त रकम जम्मा गर्नु भनेर दवाव दिएको बताए । विद्यार्थीहरुले मेडिकल कलेजमा मेडिकल शिक्षाका लागि हुनुपर्ने आवश्यक पूर्वाधारसमेत नभएको गुनासो सुनाए ।

    प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफूले मेडिकल कलेजलाई पत्र नै लेखेर बढी शुल्क नलिन आग्रह गरेको तर नमानेको बताए । प्रजिअ बस्नेतले कानुनी कारबाहीका लागि सहयोग गर्न विद्यार्थीसँग आग्रह गरे ।

    समाचार स्राेत नारायाणी अनलाइन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु