skip this
  • चितवन विशेष

    बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज तनावग्रस्त

  • चितवन — भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको निधन भएपछि मृतकका आफन्तहरुले विरोध प्रदर्शन गर्दै अवस्था तनावग्रस्त बनेको छ । पिनासको उपचारका लागि आएकी उनको असोज २७ गते नाकको शल्यक्रिया भएको थियो। मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    त्यसपछि अस्पताल परिसर पस्ने गेट र भवन छिर्ने मुख्य ढोकामै ढुंगामुडा प्रहार गरेर तोडफेड भएको छ। तोडफोडपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो। नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

    उनीहरुले उपचारमा अस्पतालबाट लापरवाही भएको भन्दै आइतबार दिउँसोबाट अस्पतालको अगाडी विरोध प्रदर्शन गरेका थिए। आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको थियो।

    कुरा नमिलेपछि बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन । २०० जनाको संख्यामा भेला भएका मृतकका आफन्तले ढुङगा मुडा गरी अस्पतालको झ्यालको सिसाहरु फुटाएक थिए । सोही क्रममा प्रहरीतर्फ ५ जना सामान्य घाईते भएका छन् । ढुङगा मुडा गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु