skip this
  • फिचर

    सक्किगोनीका पाँडे, जिग्रीविरुद्ध मिडिया हबको उजुरी

  • कलाकारविरुद्ध प्रतिलिपि अधिकारसम्बन्ध उजुरी गरिएको छ । अर्को हास्यव्यंग्य टेलिशृंखला भद्रगोलको निर्माण संस्था मिडिया हबले भद्रगोलको चरित्रलाई सक्किगोनीमा जस्ताको तस्तै अभिनय गराएको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको हो ।

    भद्रगोलका पूर्वनिर्देशक कलाकार तथा सक्किगोनीका मुख्य निर्देशक कलाकार अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले) लगायतका कलकारविरुद्ध प्रतिलिपिसम्बन्धी उजुरी दिएको हो ।

    यी पात्रहरू भद्रगोलको भएको र तिनै पात्रजस्ताको तस्तै सक्किगोनीमा प्रयोग गरिएको भन्दै प्रतिलिपिमा मिडियाहबले उजुरी दिएको हो । उजुरीपछि सम्बन्धित कलाकारलाई कारबाहीको लागि प्रतिलिपि अधिकारले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

    यो प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता हविन्द्र बोगटीसँग राजधानीले जिज्ञासा राख्दा भद्रगोलको निर्माण संस्था मिडिया हब र सक्किगोनीको निर्माण संस्था जेपिटी क्रियसनका सञ्चालकलाई छलफलको लागि शुक्रबार परिसरमा बोलाइएको प्रवक्ता बोगटीले बताए । प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट प्राप्त पत्रको आधारमा सक्किगोनीका कलाकारलाई बोलाएर यो विषया सोमबार छलफल भएको र त्यसपछि उनीहरूलाई फेरि प्रतिलिपिमै पठाइएको पनि प्रवक्ता बोगटीले जानकारी गराए ।

    यी दुवै पक्षलाई सँगै राखेर प्रतिलिपिसम्बन्धी यो प्रकरण मिलाउन नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले पत्राचार गरेपछि प्रहरीले दुबै पक्षलाई परिसरको कार्यालयमा शुक्रबार बोलाएको छ । प्रवक्ता बोगटीका अनुसार शुक्रबार दुबै पक्षलाई मिलाउने कोशिस प्रहरीले गर्नेछ । यदी प्रहरी परिसरमा यो विवाद नमिलेको खण्डमा बिबाद काठमाडौं जिल्ला अदालतमा जाने छ ।

    रजिस्टारको कार्यालयले सक्किगोनीका कलाकारलाई आवश्यक कारबाही गर्नु भनेर ३ कात्तिकमा महानगरीय प्रहरी परिसर टेकुमा मिडिया हबको पक्षमा पत्र पठाएपछि प्रहरीले सक्किगोनीका निर्माता कलाकारसँग आइतबार नै सोधपुछ गसिसकेको छ । सोमबार रजिस्ट्रारको कार्यालयले अर्जुन घिमिरे, कुमार कट्टेललगायतलाई बोलाए पनि यो विवाद मिलाउन सकेन । त्यसपछि सो कार्यालयले यो मुद्दा प्रहरीलाई सुम्पिएको हो ।

    यता अर्जुन घिमिरेले भद्रगोलमा काम गर्ने सम्झौता गएको असार मसान्तबाट सकिएको र ती चरित्र आफूहरूले सृजना गरेकाले आफूले जन्माएको चरित्र सक्किगोनीमा प्रयोग गरेको बताएका छन् । त्यसपछि भद्रगोल छाडेर आफूहरूले सेक्किगोनी बनाएको पनि घिमिरेले बताए । उनीहरूले रजिस्ट्रारको कार्यालयमा पनि सोमबार यही जवाफ दिए ।

    कुमार कट्टेल जिग्रीका अनुसार गत असारसम्मको सम्झौतामा पनि भद्रगोलका चरित्रको अधिकार दोस्रो पक्ष अर्थात् जेपिटी क्रियसनका यी कलाकार स्वयंमा थियो । त्यो चरित्रको अधिकार आफू मूल सर्जकसँग भएकाले त्यो आफ्नो चरित्रलाई सक्किगोनीमा प्रयोग गरिएको कुमार कट्टेलले स्पष्ट पारेका छन् । त्यही चरित्रको संवादको आधारमा सक्किगोनी शीर्षकमा नयाँ हास्यव्यंग्य शृंखला निर्माण गरिएको पनि उनले बताए । सोमबार रजिस्ट्रारको कार्यालयमा अर्जुन घिमिरे र कुमार कट्टेलले आफूहरू दोषी नरहेको दाबीसहितको कगजात प्रस्तुत गरेका छन् । यता सक्किगोनीको प्रतिलिपि अधिकार पनि जेपिटी क्रिएसनको मातहतमा अर्जुन, कुमार, सागर, दीपकले यस अघि नै दर्ता गराइसकेका छन् ।

    जबकी मिडिया हबले नै भद्रगोलका कलाकारलाई स्रष्टाको बौद्धिक सम्पत्तिअन्तर्गत यसअघि त्यो भद्रगोलको चरित्रको अधिकार पनि लिखित रूपमै जेपिटी क्रिएसनलाई दिएको कागज पनि उनहरूले रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् । यसलाई आफूहरूको बौद्धिक सम्पत्तिको अधिकार हनन्को प्रयास भएको पनि कट्टेलले बताएका छन् ।

    दर्शकबृन्द भद्रगोलबाट गत असार मसान्तबाट मुख्य कलाकार बाहिरिएपछि भद्रगोल केही दिन बन्द भयो । त्यसपछि मिडिया हबले नयाँ कलाकार लिएर भद्रगोल बनायो । भद्रगोलमा पाँडे, जिग्री, कक्रोज, काकु, बले, खुपीका बा, सितेका बाजस्ता थुप्रै कलाकार नभएपछि दर्शक रुष्ट भए । मिडिया अबले नयाँ कलाकार लिएर भद्रगोल बनाइरहेको बेला भद्रगोल छाडेका पाँडे, जिग्री, कक्रोज, काकु, बले, खुपीका बा, सितेका बालगायत डेढ दर्जन कलाकारले जेपिटी क्रिएसनमार्फत नेपाल टेलिभिजनदेखि नै गत भदौबाट नयाँ शृंखला सक्किगोनीको प्रशारण सुरु गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु