skip this
  • फिचर

    कर्फ्यू अवज्ञा गर्दा कपिलवस्तु प्रहरीले गोली चलायो, एकको मृत्यु

  • बुटवल– कपिलवस्तुको कृष्णनगर तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
    कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो ।

    तर, स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ ।

    प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु