skip this
  • फिचर

    विप्लवको पार्टीमा पनि ‘सांस्कृतिक विचलन’, यौन काण्डमा धमाधम कारवाही

  • काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपामा सांस्कृतिक विचलन देखा परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र प्रभावशाली मानिएका केही कार्यकर्ता नै यौन काण्डमा मुछिएका हुन् ।

    जनआस्था साप्ताहिकले जनाएअनुसार सांस्कृतिक कमजोरी गरेका क. राकेशलाई सो पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ ।

    यस्तै विभिन्न स्थान र समयमा बन्दी जीवन व्यथित गरिरहेका पार्टी नेता÷कार्यकर्तामाथि मारपित गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने तयारी पनि सो पार्टीले गरेको छ ।

    विप्लव समूहले सामाजिक विसंगतिविरुद्ध हात हाल्ने तयारी गरेको विवरणसहित जनआस्था साप्ताहिकले बुधबारको अङ्कमा ‘केटी काण्डवाला कमरेड बिप्लवद्वारा क¥याप्पै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु