skip this
  • फिचर

    भारतीय बिस्तारवादबिरुद्ध सडकमै उत्रियो सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियू

  • काठमाडौं, कात्तिक २० । नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियू आक्रोशित बनेको छ । अखिलले आज भारतीय बिस्तारवादी नीतिको बिरोधमा सडकमै पुगेर प्रदर्शन गर्न लागेको हो ।

    अनरास्वबियूका संयोजक ऐन महरले नेपाली भूमि कालापानी र लिपुलेक नेपालको भएको तर भारतले आफ्नो नक्सामा पारेकोले भारतीय बिस्तारवादको भन्डाफोरका लागि आज प्रदर्शन गर्न लागिएको बताउनु भयो । अनेरास्ववियूले आज दिउसो ३ बजे आरआर क्याम्पस अगाडिबाट प्रदर्शन गर्न लागेको हो । भारतले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो भुमि भन्दै समेटेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु