skip this
  • फिचर

    सतारुढ दलका युवा अध्यक्ष द्वारा भारतिय बिस्तारबादको प्रतिवाद, सरकार लाई बोल्न आग्रह

  • काठमाडौं । भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति सत्तारुढ दल नेकपाको युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशीखा’ले आपत्ति जनाएका छन् । ऐतिहासिक स्थल कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नयाँ नक्सामा आएको भन्दै दिपशीखाले आपत्ति जनाएका हुन् ।

    सत्तारुढ दलका युवा नेता दिपशीखाले भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति सरकारले तुरुन्त प्रतिवाद गर्नुपर्ने पनि बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दिपशीखाले भनेका छन्, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो । नेपाली भुमी अतिक्रमण गर्न पाइदैन । उक्त भुभाग भारतको नक्सामा समावेश गर्नु आपत्तिजनक छ । सरकार बोल र भन – यो भुमि हाम्रो हो !’

    हालै भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको देखाएको छ । अतिक्रमण गरि आफ्ना फौज राख्दै आएको भारत सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै नेपाली भूमिलाई आफुँमा गाभेको देखाएको हो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु