skip this
  • चितवन विशेष

    चितवनमा गर्जिए विद्यार्थी नेता , भारतिय सेना नहटे कालापानीमा झण्डा गाड्ने चेतावनी (भिडियो सहित )

  • चितवनमा पनि भारतविरुद्ध अनेरास्ववियूको प्रदर्शन

    चितवन । नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा राखेको विरोधमा चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले भरतपुरको चौबीसकोठीमा आज भारतविरुद्ध प्रदर्शन गरेका हुन् ।
    नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आप्mनो देशको नक्सामा राखेको विरोधमा विद्यार्थी र युवाहरुले आधा घण्टा प्रदर्शनसहित कोणसभा गरे ।

    कोणसभामा सम्बोधन गर्दै विद्यार्थी नेता अशोक देवकोटाले भारतले विगतदेखिको हेपाहा प्रवृत्ति फेरि दोहो¥याएकाले राष्ट्रियता संरक्षणका लागि सडकमा उत्रिनु परेको बताए । उनले आजको कार्यक्रम सांकेतिक रुपमा रहेको र सरकारले समस्या समाधानका लागी प्रभावकारी भुमिका नखेले भारत विरुद्धको आन्दोलन देशव्यापी रुपमा आगो बनेर निस्कने चेतावनी पनि दिए । भारतीय सेना कालापानी बाट नहटे कालापानी पुगेर झण्डा गाड्न पछि नपर्ने चेतावनी समेत दिएका छन ।
    कार्यक्रममा सम्बोधन गर्ने युवा तथा विद्यार्थी नेताहरुले राष्ट्रियताको सवालमा सबै नागरिकलाई एक भएर उठ्न आह्वान पनि गरेका छन् । गो ब्याक भारत, भारतीय विस्तारबाद मुर्दावाद लगायतका प्लेकार्डसहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

    यसै भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा समेत कोणसभा भएको थियो उक्त कोणसभामा भनपा ११ का नेकपा अध्यक्ष  तथा विद्यार्थी नेता प्रकाश आचर्य , विद्यार्थी नेता सुसन चितुने लागायतका ले सम्बोधन गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु