skip this
  • चितवन विशेष

    सप्तगण्डकी क्याम्पसमा भारतीय दादागिरी विरुद्ध कोणसभा, आन्दोलनको लागि तयार रहन आह्वान

  • भरतपुर स्थित सप्तगणकी  बहुमुखी क्याम्पसमा सतारुढ विद्यार्थी संगठनकै आयोजनामा भारतीय सरकारले निकालेको बिबादास्पद नक्साको विरुद्ध कोणसभा आयोजना गरेक छ ।

    गत शनिबार भारतीय सरकारले नेपालको कालापानी र लिपुलेक क्षेत्र लाई समेत आफ्नो नक्सामा राखेको थियो । यस सङै देशभरी बाट बिरोध भएको छ । सप्त्गणकी क्याम्पसमा समेत आज बिहान कोणसभा भएको थियो ।

    सप्तगण्डकी क्याम्पस  साबिक अनेरास्ववियु र साबिक अखिल (क्रान्तिकारी) इकाईको आयोजनामा भएको कोणसभामा प्रमुख अतिथी भरतपुर महानगर वडा न ११ का नेकपा अध्यक्ष तथा अनेरास्ववियु सप्तगण्डकीका पुर्ब अध्यक्ष प्रकाश आचर्य रहनु भएको थियो अन्य अतिथी हरुमा अखिल (क्रान्तिकारी) का जिल्ला कार्यलय सदस्य सुशन चितवने , अनेरास्ववियु सप्तगण्डकी इकाईका उपाध्यक्ष सुरेश कार्की , अखिल जिल्ला कमिटी सदस्य आर्मान पाठक रहेका थिय । अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष समीर सुबेदीको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रम अनेरास्ववियुका अध्यक्ष हरि आचर्यले सन्चालन गर्नु भएको थियो ।

    कार्यक्रमका अतिथी सुसन चितवने अफ्नो मन्तव्य राख्दै ४ बर्ष आगाडी लिपुलेकको आवाज उठाउदा सरकारले हस्ताछेप गर्ने गरेको तर अहिलेको सरकारले आधिकारिक रुपमा भारतीय रबैयाको बिरोध गरेक्ल प्रती सरकारलाई धन्यवाद व्यक्त गर्न भएको थियो । साथै लिपुलेक रा कालापानीमा झण्डा गाड्न समेत तायार रहन आम विद्यार्थीलाई आग्रह गर्नु भएको थियो । कालापानी बाट भारतीय सेना पनि यहि आन्दोलन बाट हटाउन सकिने समेत बताउनु भयो ।

    कार्यक्रमका प्रमुख आतिथी प्रकाश आचर्यले आफू हरु सत्तारुढ विद्यार्थी संगठन भएता पनि रास्तृयताको सवालमा प्रतिपक्षी आन्दोलन गर्न पछि नपर्ने बताएका थिए । अनेरास्ववियु ले सधैं आन्दोलनको मोर्चामा अघि हुने समेत जानकारी गराउनु भएको थियो  फरक प्रसङ्गमा सप्तगडकी क्याम्पसमा प्राध्यापक हरुको गतिविधि प्रती आक्रोश पोख्न भएको थियो । पढाउन छाडेर अनावश्यक आन्दोलन नालाग्न प्राध्यापक हरुलाई चेतावनी दिनु भएको थियो । प्राध्यापक हरुले अनावश्यक राजनीति गरेको समेत आरोप लागाउनु भएको थियो ।

    कार्यक्रम संचालक हरि आचर्यले भारतीय सरकारको हेपाहा प्रबृत्तिको बिरोध गर्दै कलेजको समस्या पनि उठान गर्नु भएको थियो । सप्तगण्डकी क्याम्पसका प्राध्यापक हरुलाउ धेरै राजनिती नगर्न चेतावनी दिएका थिए । विद्यार्थीको भबिस्य माथि खेलबाड नगर्न समेत सुझाव दिएका थिए ।

    कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष समीर सुबेदीले नेकपा अध्यक्ष प्रचण्ड र सरकारले सनेत भारतीय कदमको बिरोध गरेका कारण सम्पुर्ण जनता भारतीय कदमको विरुद्ध एकजुट हुनु पर्नेमा जोड गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु