skip this
  • चितवन विशेष

    चितवनमा ”चरन दास चोर” नाटक मन्चन

  • निर्देशक विकास जोशी द्वारा निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर, नारायणगढमा ग्रान्ड प्रिमियरका साथ मञ्चन भएको थियो

    चरणदास चोर विरोधाभासले संकल्पित छ । नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा, बदमाश, चोरहरू छन् तर तिनीहरूको सिद्धान्त पनि छ । यहाँ कानूनका अभिभावकहरू छन्, तर यसलाई बिगार्नेहरू पनि छन् । सन्त र सन्यासीहरू छन्, तर तिनीहरू पैसाको पछि लाग्छन् । धनी मानिसहरू छन्, तर हृदयबाट तिनीहरू सबैभन्दा गरिब छन् । गरिबहरु छन्, तर मनमा तिनीहरू धेरै धनी छन् । यसरी सम्पूर्ण विषयवस्तु एकपछि अर्कोको विपरीतले उल्लेखनीय संयोजन भएको नाटक हो ‘चरणदास चोर’ ।
    नाटकले एक क्षुद्र चोर, चरणदासको अशान्तिमय जीवन यात्रा देखाउँछ । चरणदासको पुलिसबाट भाग्ने क्रममा आफनो गुरुसँग भेट हुन्छ र उनले आफ्नो गुरुसँग चारवटा वाचा गर्छन । म कहिले सुनको थालमा खानेछैन, आफ्नो सम्मानमा हुने जुलूसको कहिले पनि नेतृत्व गर्नेछैन, कहिले कुनै देशको राजा हुनेछैन र आजीवन कुनै रानीसँग बिहे गर्नेछैन । यी वाचाहरुलाई चरणदासले पुरा गर्छन या गर्दैनन् भन्ने कुरा नाटकमा घुमाउरो तरिकाले प्रस्तुत गर्न खेजिएको थियो

    हबीब तनवीरको प्रख्यात नाटक चरणदास चोरलाई आशन्त शर्माले नेपाली अनुवाद गरेका हुन भने विष्णु माया विश्वकर्मा मन्त्री , गोविन्द अधिकारी मुखिया, मुकुन्द खलपात्र गुरु , सुमन गहतराज बिर्खे, अञ्जना थपलिया राजपुरोहित, विवेक तिवारी चरणदास ,कृपा अधिकारी रानी , कुशल घिमिरे पन्डित, निशु मगर धनी स्त्री र दासी , सलिना वाग्ले खचान्चि, सुमित आचार्य हवल्दार , विकाश रसाईली खुदो व्यपारी को रुपमा रहेर आफ्नो भुमिका निर्वाह गरिरहेका छन भने विकास ढकाल , पवन श्रेष्ठ र सुनिल ढुङ्गाना लाई गँजडी जुवाडे र जडिया को भुमिका सहित नाटक को विच विच मा फरक फरक पात्र हरु को रुपमा देख्न पाइने छ

    निर्देशक जोशीले यसअघि आरोप, सकेको तिरैला नत्र फिरीमा, स्वप्निल स्वप्न नगरी जस्ता नाटकहरूमा निर्देशन गरिसकेका छन् । ग्रान्ड प्रिमिएर सो मा दर्शक को मन जित्न सफल यो नाटक पुस बाट नियमित मन्चन नारायणी कला मन्दिर मा हुने छ त्यस अघि भने कलाकार हरु ले देश को केही जिल्ला मा चरणदास चोर प्रदर्सन गर्ने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु