skip this
  • चितवन विशेष

    चितवनमा अटो दुर्घटना पाँच जनाको मृत्यु

  • राप्ती नगरपालिका–५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चेपाङमार्ग हुँदै भण्डारातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

    अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् । अन्य यात्रुकाे नाम र ठेगाना खुल्न सकेको छैन । एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

    घाइते भई उपचारका लागि ल्याइएका मध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु