skip this
  • चितवन विशेष

    क्यान्सर अस्पताल भित्रै मिलेमतोमा वस काउन्टर संचालन


  • भरतपुर÷भरतपुर स्थिती वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको एक नम्वर गेट अगाडीको एक मेडिकलले वसको टिकट समेत वेच्ने गरेको छ । अस्पताल गेट अगाडी रहेको साई सेवा फार्मेसीले औषधिसंगै वसको टिकट पनि वेचेको हो । औषधि र वसको टिक फरक प्रकृतिको वस्तु भएकोले एकै ठाउँवाट औषधि र टिकट वेच्दा स्थानीय क्षेत्रमा विवाद समेत उत्पन्न भएको थियो ।

    वसको टिकट काउण्टर हो कि फार्मेसी भनेर स्थानीयले विरोध गरे पछि भरतपुर महानगरपालिका तथा ट्राफिक प्रहरी कार्यालयले फार्मेसीमा रहेको टिकट काउन्टर हटाएको थियो । स्थानीय प्रशासनलाई समेत अटेर गर्दै औषधि पसलवाट टिकट वेच्ने काम नरोकिएको स्थानीयले वताएका छन् ।


    उक्त फार्मेसीवाट सुपर अग्नि र मौलाकालिका यातायात प्रालीको टिकट काट्ने गरिन्छ । फार्मेसी संचालकलाई यस्तो काम नगर्न पटक पटक प्रशासनले आग्रह गरे पनि फार्मेसी संचालकले अटेर गरेपछि विवाद वाहिर आएको हो । यसरी फार्मेसीमा टेवुल कुर्चि राखेर टिकट वेच्न दिए वापत फार्मेसी संचालकले वस व्यवसायीवाट मासिक पैसा लिने गरेको स्थानीयको भनाई छ ।
    स्थानीय होटल व्यवसायी समेत रहनु भएका होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दीपक ढकालले कुनै पनि मानिसले आफ्नो व्यवसाय गर्न पाउनु पर्ने वताउँदै व्यवसाय व्यवस्थित रुपमा गर्नु पर्ने वताउनु भयो । जति धेरै व्यवसाय संचालन भयो प्रतिस्पर्धाको कारणले गर्दा ग्राहकले सस्तो मुल्यमा गुणस्तरीय सेवा पाउने उहाको भनाई थियो । व्यवसाय संचालन गर्न पनि निश्चित मापदण्ड र नियम कानुनको पालना गर्नु पर्ने वताउँदै ढकालले फार्मेसीमा टिकट काउण्टर चलाउनु गलत भएको वताउनु भयो ।
    फार्मेसी संचालकले दुई चार पैसाको लोभमा नियम विपरितका काम गर्न नहुने वताउँदै ढकालले व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न जोड दिनु भयो । फार्मेसीलाई टिकट काउण्टर वनाउने खालको वेथिती रोक्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाको भनाई थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु