skip this
  • चितवन विशेष

    नेकपा निकट विद्यार्थी संगठनले सप्तगण्डकी क्याम्पसमा बुझायो ध्यानाकर्षण पत्र, आ-आफ्नो जिम्मेवारीमा रहन आग्रह

  • चितवनको भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा नेकपा निकट विद्यार्थी संगठन साबिक क्रान्तिकारीले ध्यानाकर्षण पत्र बुझाएको छ ।

    पौष १ गते नेकपा निकट नै रहेको साबिक अनेरास्ववियुका अध्यक्ष हरि आचर्यको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र एकता भएर बनेको अनेरास्वविय‌ूको लेटर प्याडमा प्रकाशित गरिएको भन्दै साबिक अखिल क्रान्तिकारीले ध्यानाकर्षण पत्र बुझाएको साबिक क्रान्तिकारीका अध्यक्ष समीर सुबेदीले जनाएका छन ।

    ध्यानाकर्षण पत्रमा केन्द्रमा विद्यार्थी संगठनको केन्द्रिय संयोजक र सह सयोजक बाहेक केन्द्रिय कमिटी समेत नटुङिएको समयमा संगठनको जिल्ला र इकाई समेत टुंगिन बाकी रहेको सर्बबिदितै छ भन्दै साबिक अनेरास्ववियुले क्याम्पस कमिटी एकता नहुदै एकीकृत संगठनको लेटर प्याडमा इकाई अध्यक्ष भनी दाबि गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । साथै सम्बन्धित पक्ष लाई उक्त कदम प्रति आत्माआलोचित गर्दै आफ्नो आफ्नो जिम्मेवारीमा रहेर काम गर्न आग्रह गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु