skip this
  • चितवन विशेष

    भारात्तोलन खेल संघ चितवनमा लिलारामको नेतृत्व

  • चितवन । चितवन जिल्ला भारत्तोलन संघको अध्यक्षमा लिलाराम पौडेललाई चयन गरिएको छ । 

    आज (शुक्रबार) चितवन खेलकुद विकास संघमा नेपाल भारत्तोलन खेलका मुख्य प्रशिक्षक राम पौडेलको अध्यक्षतामा भएको विशेष भेलाले पौडेलको नेतृत्वमा सर्वसम्मतिले ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । 

    यस्तै भेलाले संघको उपाध्यक्षमा सविन खरेल र निरा थापा, कोषध्यक्षमा शिव पौडेल, सचिवमा विन्दुप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

    संघको सदस्यहरुमा बलबहादुर पाख्रिन (घले), रविन्द्रराज श्रेष्ठ, कमलबहादुर अधिकारी, टेकबहादुर कार्की, रमि मिया अनसारी, आमान्त्रति सदस्य राम पौडेल रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु