skip this
  • फिचर

    “नशा दि डार्क लाईफ” चलचित्रको गित सार्वजनिक

  • चलचित्र ‘नशा दी डार्क लाईफ’ को पहिलो गित सार्बजनिक गरिएको छ । ‘आँखामा छ तिम्रो छायाँ’ बोलको सार्बजनिक गीतमा गायक अमित सिङ्ग चौधरीको रचना, स्वर तथा संगीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार देब आर.एन र रेश्मा सुबेदीलाई फिचर्ड गरिएको छ ।

    गीतको कोरियोग्राफर नेपाली ठिटो र नबिन कुमार शर्माको रहेको छ । गीतलाई चितवनको रमणीय स्थानहरुमा नेत्र गुरुङले खिचेका हुन् । लागुपदार्थ दुर्व्यसनीलाई मुख्य बिषयबस्तु बनाई निर्माण गरिएको चलचित्रमा लागुपदार्थ दुर्व्यसनीले निम्त्याएको परिमाणलाई देखाउदै त्यसलाई कसरि सकारात्मक मार्ग तर्फ अगाडि लैजान सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएकोछ ।

    वोण्ड्स फिल्म्स प्रोड्क्शनको प्रस्तुतिमा एलेक्स रानाले निर्देशन गरेको चलचित्रलाई नबिक कुमार शर्मा,मुस्कान काप्री कार्यकारी निर्माता बिनय ढुंगाना , सह- निर्माता सुमन पौडेल रहेका छन् ।

    चलचित्रमा रेश्मा र देव संगै, रुपा के.सी,मुस्कान काप्री,सुबास भट्ट,अभिषेक शर्मा,बिनय ढुगाना, नकुल, भिम ढुंगेल,प्रतिभा पौडेल, अस्मु ,सरिता लगाएतको अभिनय रहेको छ । चलचित्रको सम्पादन सुबोध श्रेष्ठ,एलेक्स राना र म्याक्स घिमिरेको गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु