skip this
  • चितवन विशेष

    सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि, विद्यार्थीले गरे तोडफोड

  • चितवनको भरतपुरमा स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा शैक्षिक शुल्क वृद्धि भएको भन्दै विद्यार्थीले तोडफोड गरेका छन् ।

    चितवन जिल्ला भरीको पब्लिक क्याम्पसमा शुल्क वृद्धि गर्ने निर्णय भएको कारण सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको क्याम्पस प्रशासनले बताएको छ । यता विद्यार्थी संगठनले भने क्याम्पसले मनोमानी ढंगले शुल्क वृद्धि गरेको प्रती बिरोध जनाएका छ । शुल्क वृद्धि भए सङै एक सयुक्त बिग्यप्ती मार्फत शुल्क वृद्धिको चार विद्यार्थी संगठन अनेरास्ववियु ,अनेरास्वविय‌ू (क्रान्तिकारी ), नेबिसङ र समाजवादी विद्यार्थी संगठनले शुल्क वृद्धि तत्काल फिर्ता गर्न चेतावनी दिएका छन ।

    शुल्क वृद्धि फिर्ता नभए क्याम्पसमा चरण बद्द आन्दोलन गर्ने बिग्यप्तीमा जनाएका छन ।

    शुल्क वृद्धि विद्यार्थीलाई मार पर्ने गरि गरिएको कारण आन्दोलन मार्फत शुल्क वृद्धि फिर्ता गराइ छाड्ने अखिल क्रान्तिकारीका अध्यक्ष समीर सुबेदीले जनाएका छन । उनले आज विद्यार्थीले सामान्य तोडफोड गरेर शुल्क वृद्धिको बिरोध गरिएको र क्याम्पसले शुल्क वृद्धि फिर्ता नगरे विद्यार्थी आन्दोलनले भयावह रुप लिने चेतावनी दिएका छन ।

    यसै गरि  शुल्क वृद्धिको आधार स्पष्ट हुनुपर्ने, एकपक्षीय रुपमा शुल्क वृद्धि गर्न नहुने अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष हरि आचार्यले बताए । कलेज विद्यार्थीहरुबाट सामान्य तोडफोड भएको उल्लेख गर्दै आचार्यले आगामी दिनमा वार्ता र सम्वादबाट अगाडि बढ्ने जानकारी दिए । विद्यार्थीबाट उठाएको शुल्कले कलेज सञ्चालन गर्नुपर्ने अवस्था रहेपनि मनोमानी रुपमा कलेजले गरेको शुल्क वृद्धिको निन्दा गर्दै सो शुल्क लागू हुन नदिने आचार्यले बताए ।

    सपतगण्डकीमा शुल्क वृद्धि गर्न आबश्यक नै नरहेको सप्तगण्डकी बहुमुखी क्याम्पसका अखिल ( क्रान्तिकारी) का पुर्ब अध्यक्ष तथा जिल्ला कार्यलय सदस्य सुसन चितवनेले बताएका छ्न । एका तर्फ क्याम्पस प्रशासन चार करोड पुजी जमा गर्न सफल भएक छ भने अर्को तर्फ विद्यार्थीको शैक्षिक शुल्क वृद्धि गर्न उत्प्रेरित हुनुमा हतास मानसिकताले काम गरेको उनले बताए पाछिल्लो पाँच बर्षमा दुई पटक गरि क्याम्पसले 50% भन्दा बढी शुल्क वृद्धि गरि सकेको कारण अझै 2 बर्ष क्याम्पसको शुल्क वृद्धि गर्न नहुनेमा उनले जोड गरे ।

    पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत शुल्क वृद्धि गरेको छ ।त्यस्तै, संघले स्नातक तर्फको वार्षिक कार्यक्रम अन्तरगत ३० प्रतिशत, सेमिष्टार प्रणाली अन्तरगत १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको विद्यार्थी नेता चितवनेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु