skip this
  • चितवन विशेष

    अनेरास्ववियू चितवन चर्चित विद्यार्थी नेता प्रकाश आचर्यको कमान्डमा

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटी चितवनको संयोजकमा प्रकाश आचार्य चयन भएका छन् । काठमाडौँमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू चितवनको संयोजकमा आचार्य र सहसंयोजकमा वसन्त आचार्य चयन गरेको हो ।

    उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्यापसबाट विद्यार्थी राजनीति शुरु गरेका थिए । क्याम्पस कमिटी सदस्य, सचिव र अध्यक्षसमेत भइसकेका आचार्य विद्यार्थी राजनीतिमा कुशल र लोकप्रिय नेताका रुपमा परिचित छन् । उनले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन् ।
    आफ्नो कार्यकाल समाप्त भएपछि देवप्रसाद पाठकले नेतृत्व हस्तान्तरण गर्ने बेलामा पनि उनलाई सम्मेलन आयोजक कमिटीको संयोजक बन्न प्रस्ताव आएको थियो । तर उनले २०७४ पुस २८ गतेको भेलामा आफैले प्रस्ताव गरी धिपन भण्डारीलाई संयोजक बनाएका थिए । त्यो कमिटीको सचिव भएर पनि उनले दुई वर्षे कार्यकाल सम्पन्न गरेका थिए ।

    स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीको भन्दा दोब्बर मतले आफ्नो अध्यक्षलाई जिताउन सफल आचार्य २०७४ श्रावण २२ गतेदेखि साबिक नेकपा एमाले वडा न ११ को पार्टी अध्यक्ष पदमा रही काम गरेका थिए । भरतपुर ११ महानगरको सबैभन्दा धेरै जनसङख्या भएको वडा हो ।

    उनले वडाअध्यक्ष सम्हालेको चार महिनामा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको अत्याधिक मतले विजय गराउन खेलेको भूमिकाको पार्टी जिल्ला कमिटीले उच्च मुल्याङ्कन गर्दै नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले उनलाई नेकपा वडा न ११ को पार्टी अध्यक्ष सर्वसम्मत गराएको थियो ।

    यता सह सयोजकको जिम्मेवारी पाएका अर्का विद्यार्थी नेता वसन्त आचर्य साबिक क्रान्तिकारी चितवनका सम्योजक हुन । अखिल चितवन सबिक अनेरास्ववियु को भागमा परे पछि उनलाइ सह सम्योजकको जिम्मेवारी दिएको हो । जनयुद्ध देखि नै माओवादी आन्दोलनमा होमिएका बसन्त माओवादी जनमुक्ति सेनामा समेत काम गरेका थिए । अबकाश रोजेर विद्यार्थी आन्दोलनमा होमिएका उनी अखिल क्रान्तिकारी सप्तगण्डकिमा विद्यार्थी नेता हुदै जिल्ला अध्यक्ष भएका हुन । उनले पनि दुइ वटा संकायमा स्नातकोत्तर सम्मको अद्ययन गरेका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु