skip this
  • नेपाल सेरोफेरो

    चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन: सञ्चार मन्त्री बाँस्कोटा

  • सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रक्रिया पुर्‍याएर आउन सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई आग्रह गरेका छन्।

    सिजीमाथि सरकारले कुनै पूर्वाग्रह नराखे बताउँदै बाँस्कोटाले सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्‍याएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताए। 

    बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो समेत भएको दाबी गरे।

    ‘चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘हामी सकेसम्म राम्रो गर्छौं। 

    लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरे पनि सरकारले अड्काएको आरोप सिजीले लगाउँदै आएको छ।

    उनले आफूमाथि मिडियाले लखेटेको आरोप पनि लगाए।

    ‘मलाई मात्रै कति लखेट्ने? जति लखेटे पनि मिडियाले केही पाउनुहुन्न,’ उनले भने, ‘प्रेसको आँखो तथ्यमा जाओस्।’

    सिजीले प्रक्रिया पुर्‍याएर र पूर्वसर्तअनुसार उत्तरदायित्व निर्वाह गर्नुपर्ने मन्त्री बाँस्कोटाले बताए।

    ‘फाइदामात्र होइन उत्तरदायित्व पनि हेर्नुपर्ला नि,’ उनले भने, ‘मैले भनेको छु, प्रोसेसमा आउनुस्। प्रोसेस मिचेर आउँदा साथ हुँदैन।’

    सिजीले ४१ जिल्लामा काम गर्नुपर्ने भए पनि काम नगरेको उनले बताए।

    ‘४१ जिल्लामा काम गर्नुपर्ने थियो होला। कहाँ काम गर्नुभो?,’ उनले प्रश्न गरे, ‘पाँच सय ३४ गाविसमा काम गर्नुपर्ने थियो। ढोका छँदाछँदै झ्यालबाट छिरेर काम गर्न त खोज्नु भएन।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु