skip this
  • चितवन विशेष

    शिवरात्रीको दिन देवघाटका स्थानीय युवाहरु द्वारा एक युवतीको उद्दार

  • शिवरात्रीको दिन देवघाटका स्थानीय युवाहरुले बचाए २६ वर्शिय युवतीको ज्यान शिवरात्रीको दिन देवघाटका स्थानीय युवाहरुले गैंडाकोट ७ मा घर भै हाल १ महिना देखि देवघाट बस्दै आएकी २६ वर्शिय मनिशा श्रेष्ठ लाई नयाँ जीवन दान दिएका छन ।

    घर को आर्थिक कारोबार ले र ४४ वर्शिय धिरेन्द्र कुमार श्रेष्ठ शृमान कैयो महिना देखि सिकिस्त बिरामी ( लिभर खराब ) रहेको ले उपचार गर्दा गर्दा भएको सम्पती सबै सकिएको र अब शृमान बाच्ने आश बाट टाढै रहिसकेकोले शिवरात्रि को दिन बेलका ५ बजे आत्महत्या गर्न नदि भित्र पसेकि श्रेष्ठलाई चितवन तर्फको बगरमा रहेको अस्थायी गौशालामा शिवरात्री को प्रसाद बनाइ रहेका युवाहरुले देखेपछी नदि भित्रनै पसेर मनिशा लाई बाहिर निकालि नयाँ जीवन दान दिएका हुन र अहिले उनीलाई प्रहरीको निगरानीमा राखिएको छ ।

    यस अघि पनि देवघाटका स्थानीय युवाहरु ले यसरी नै आफ्नो जीवन दाउमा लगाइ नदि भित्रनै पसि कैयौंको ज्यान बचाइसकेका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु