skip this
  • फिचर

    कोराना भाइरस बाट बच्न हात हैन खुट्टा मिलाउ

  • कोराना भाइरस बाट वच्न हात हैन खुट्टा मिलाउ भन्दै तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात होइन खुट्टा मिलाएका छन् ।

    राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् ।

    लामो छलफलपछि यी दुई, पत्रकार सम्मेलनका लागि बाहिर निस्किए । एकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएपछि सबैजना छक्कै परे ।

    सरकारी कर्मचारीले एक अर्कालाई भेट्दा मिठो मुस्कानसहित गम्लङ्ग अँगालो हाल्ने चलन छ तर राष्ट्रपति मागुफुलीले भने यस्तो गरेनन् ।

    विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् । यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।

    हामादसँग हात मिलाउनुको साटो राष्ट्रपतिले खुट्टा मिलाए र टाढै बाट दुबै हात हल्लाएर बिदा भए ।

    सोमबार सेनेगललमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ । पूरा अफ्रिकाभरी चार संक्रमित भेटिएका छन् ।

    इजिप्ट, अल्जेरिया र नाइजेरियामा पनि कोरोना भाइरसका बिरामी छन् । नेपाल पनि कोराना भाइरसको उच्च जोखिम सङै कोरानाको त्रास बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु