skip this
  • चितवन विशेष

    भरतपुरको ज्योतिनगरमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  • असल गैरे,भरतपुर
    आइ.भि.एस.ए क्लव रामपुर चितवन, रोटरी क्लब अफ भरतपुर , भेटनरी टिचिङ्ग हस्पिटल ए.एफ.यूको संयुक्त आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

    भरतपुर २६ ज्योतिनगरमा भएको शिविरमा १२० घर धुरीका २२० पशुले सेवा लिएका छन् । जसमा गाई, भैसी बाख्रा, कुकुर र कुखुरा समावेश थिए । किसानको सहजतालाई मध्येनजर गर्दै निशुल्क शिविर गरीएको भरतपुर २६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनालले बताउनु भयो । उहाँले किसानलाई आवश्यक परेको खण्डमा आफुले माहानगर संग सहकार्य गरेर कृर्षकलाई सहयोग गर्ने पतिबद्धता गर्नु भयो ।

    रामपुर कृर्षी तथा वन विश्वविद्यालयले समय समय यस ठाउमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरी यहाका कृर्षकलाई सेवा दिएको स्थानीय कालिका डेरीको अध्यक्ष टिकाप्रसाद अधिकारीले बताउनु भयो । कार्यक्रममा बोल्दै कृर्षी तथा वन विज्ञानका प्रद्यापक डाक्टर रेवन्त कुमार भट्टराईले पशुको स्वाथ्य राम्रो भए आम मानिसहरुको स्वाथ्य राम्रो हुने भएकोले आधार तह देखी नै पशुको स्वाथ्य स्वच्छ बनाउनका लागी यो कार्यक्रम गरिएको बताउनु भयो ।

    यस्तै रामपुर भेटनरी टिचिङ्ग हस्पिटलका निर्देशक डाक्टर दिपेश क्षेत्रीले पशु स्वास्थ्यको बारेमा सचेतना प्रदान गर्ने हेतुले आफुहरुले निशुल्क स्वास्थ्य शिविरको सहकार्य गरेको बताउनु भयो । आफ्नो संस्थाले गर्ने वार्षिक कार्यक्रम अन्तर्गत नि शुल्क पशु स्वास्थ्य शिविर रहेकोले सोही अवसरमा दक्ष जनशक्ति प्रयोग गरेर समुदायलाई त्यसको असर तथा प्रभाव पार्ने किसिमले यो कार्यक्रम आयोजना गरीएको रोटरीका क्लव अफ भरतपुरका अध्यक्ष इन्जिनियर सुरेश बहादुर सेन ठकुरीले बताउनु भयो ।

    जुन ठाउका किसानहरु आफ्ना वस्तुहरु चिकित्सकको मा पुर्याउन सक्नुहुन्न उहाहरुलाई मध्यनजर गर्दै र भेटनरी पढ्दै गएका विद्यार्थी पनि प्रत्यक्ष रुपमा किसानहरु संङ्ग नजिकिने अवसर मिलोस भन्ने हिसाबले यो कार्यक्रम आयोजना गरीएको आइ.भि.एस.ए रामपुर चितवनका अध्यक्ष सुदिप रेग्मिले बताउनु भयो । सो शिविरमा १ लाख ५० हजार मुल्य बराबरको को औषधी र भ्याक्सिन निःशुल्क वितरण गरीएको रोटरीयन डा. रेवन्त कुमार भट्टराईले जानकारी दिनु भयो । शिविरमा विशेष त पशुहरु बाजोपनको समस्या बाट बढी लाभान्वित भएका थिए ।

    कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन लगाईएको छ भने बाख्रामा जुका, नाम्ले विरुद्धको औषधी प्रयोग गरीएको राष्ट्रिय गाई अनुसधान कार्यक्रमका पा्रविधिक अधिकृत डा. यज्ञराज पाण्डे जानकारी दिनु भयो ।

    सो शिविरमा विशेषज्ञ डा. नवराज चापागाई, डां शत्रुधन शाह, कृर्षि तथा वन विज्ञान विश्वविद्यालयका सह–प्रध्यापक डा. राम प्रसाद पौड्याल लगायतका डाक्टहरुद्धारा पशुलाई चेकजाँच गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष लगायत रोटरीयन, रोट्रायकहरु, भेटनरीका विद्यार्थीहरु सहीत स्थानीयहरुकोे १ सय ५० भन्दा बढीको सङ्ख्यामा उपस्थि रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु