skip this
  • चितवन विशेष

    माेहन बैध्य निकट क्रान्तिकारी महिला संघद्वारा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला भेला सम्पन्न

  • माेहन बैध्य नेतृत्वको नेकपा( क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) काे ११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज जिल्ला भेला सम्पन्न भएकाे छ।

    भेलाकाे उध्घाटन नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकासले गर्नु भएकाे थियाे भने पार्टी जिल्ला सेक्रेटेरी अशाेक शर्मा देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका चितवन जिल्ला अध्यक्ष वावुराम प्यासी लागायतले भेलाकाे सफलताकाे शुभकामना दिनु भएकाे थियाे।

    महिला संगठनकी अध्यक्ष शुभलक्ष्मी खनालकाे अध्यक्षता र सचिव सरस्वती खड्काद्वारा संचालित भेलाले शान्ति विक अध्यक्ष रहेकाे १९ सदस्यीय अखिल नेपाल महिला संघ(क्रान्तिकारी) चितवन जिल्ला समिति निर्वाचित गरेकाे छ। भेलाले संगठनकाे उपाध्यक्ष मधु बजगाई सचिव अरुणा राउत सह-सचिव जेनिसा परियार र काेषाध्यक्षमा सरस्वती खड्कालाई चयन गरेकाे छ भने समितिका अन्य सदस्यमा शाेभा श्रेष्ठ, मनमाया विक, कुशुम खड्का, पर्मेश्वरी चाैधरी, भगवती घिमिरे,इन्दिरा क्षेत्री, सुनिता विक, रमा नहर्की, सिर्जना शाह, फुलकुमारी विक लगायत हुनुहुन्छ ।

    भेलाले पम्फा थापा, शुभलक्ष्मी खनाल, दुर्गादेवी सुवेदी, सावित्री नेपाल सहित पाँच जना सल्लाकार समेत निर्वाचित गरेकाे छ। साेहि कार्यक्रममा पूर्व YCL नेता तथा नपाल कम्युनिस्ट पार्टी(नेकपा) का कार्यकर्ता कविराज रसाइली ले उक्त पार्टी परित्याग गरि नेकपा (क्रान्तिकारी माअाेवादी) मा प्रवेश समेत गर्नु भएकाे थियाे । नव प्रवेशी रसाइलीलाईपर्टी केन्द्रीय सदस्य विकास जिल्ला सेक्रेटरी अशाेक शर्मा लगायतले अविर लगाई स्वागत गर्नु भएकाे थियाे।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु