skip this
  • चितवन विशेष

    सप्तगण्डकी आमसञ्चार क्लबको अध्यक्षमा असल गैरे

  • भरतपुर-१० चितवनमा रहेको सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको अध्यक्षमा असल गैरे चयन भएका छन् । आज भएको भेलाले उनको नेतृत्वमा सल्लाहकार सहित २५ जना सदस्यको कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा श्याम विश्वकर्मा, उपाध्यक्षमा मोनिका विश्वकर्मा, सचिवमा विकास ढकाल, कोषाध्यक्षमा आरुषि पाैडेल, सहसचिवमा वर्षा मगर चयन भएका छन्।

    यस्तै सदस्यहरुमा कल्पना लामिछाने, रवि रेग्मी, सोना घिमिरे, सुस्मा गुरुङ, विमल अधिकारी, एन्जिला चौलागाईं, शिव गौतम, सुमित आचर्य, सन्दिप गुरुङ,  अस्मिता घिमिरे, प्रतीक्षा मिश्र, प्रशान्त पौड्याल  रहेका छन् । साथै सल्लाहकार सदस्यमा शिक्षकका तर्फबाट कलेजका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी र विधार्थीको तर्फबाट सुदिप दवाडी, रविना पाैडेल, सुरक्षा न्याैपाने, चन्द्र प्रकाश उपाध्याय, सविना लामिछाने रहेका छन् । क्लबको संरक्षकको भूमिकामा क्याम्पस प्रमुख मणिराज महतो, साहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, विष्णु ज्ञवाली र नारायण रेग्मी रहेका छन्। source merosathikhabar.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु