skip this
  • फिचर

    कोरोना त्रास : चैत्र ५ गते देखी भरतपुर महानगरपालिका सबै बिद्यालय अनिश्चितकालका लागि बन्द हुने

  • भरतपुर : भरतपुर महानगरपालिकाले चैत्र ५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि महानगरपालिका भित्रका बिद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    महानगरपालिकाले बढी भिडभाड हुने मल, सिनेमा हलहरूलाइ केही समयका लागि बन्द गर्नुका साथै मेला महोत्सब ठूला सभा सम्मेलन, भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोबिड १९) को संक्रमण हुन नदिन जोगिने उपायहरू कडाइका साथ लागू गरिने र हुनसक्ने सम्भावित संक्रमणबाट जोगिन आइसोलेसन सेन्टरहरू स्थापना गरिने जनाएको छ ।

    शुक्रबार भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कोरोना भाइरसको सम्भावित संक्रमण हुन नदिन आवश्यक सम्पूर्ण तयारी थालिएको बताइन । दाहालले भरतपुर आस्पतालमा १९ सैयाको छुट्टै आइसोलेसन सेन्टर निर्माण गरिएको र अन्य निजी तथा सरकारी अस्पतालहरूमा पनि सोही बमोजिमको व्यवस्था गरी तयारी अवस्थामा रहन निर्देशन गरेको जानकारी दिईन ।
    कोरनाको संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले बढी भिडभाड हुने मेला महोत्सव, वर्षिक उत्सवजस्ता कार्यक्रमहरूलाई रोक लगाइसकेको छ । नगरबासीलाई अनावश्क हिँडडुल नगर्न भिडभाडमा नजान महानगरले आग्रह गरेको छ । मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग र व्यक्तिगत सरसफाइलाई बिशेष जोड दिँदै जनचेतनामूलक गतिविधिहरु संचालन गरिरहेको जनाएको छ ।
    कोरोना भाइरस संक्रमणविरूद्द लड्नु सबैको सामूहिक दायित्व रहेको बताउँदै यसबाट आतंकित नभई सम्यम भएर सावधानी अपनाउन प्रमुख दाहालले महानगरवासीहरूलाई आग्रह गरिन ।
    कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, बीपी कोइराला मेमोरियल केयान्सर अस्पतालका कार्यकारी निर्देसक डा बिजय आचार्य, डा दयारम लम्साल, उद्योग संघका अध्यक्ष राजु पौडेललगायतले सम्भाबित कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैले सामुहिक प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका थिए।

    news source

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु