वुवा, म अहिल्यै बिहे गर्दीन है
बुवा,
म अहिल्यै बिहे गर्दीन
भर्खरै त मेराे यो अवोध मष्तिस्कले
भाडाकुटी खेललाई खेल हो भनेर
छुट्याउन सिक्दैछ ।
यि हातका रेखाहरु बल्ल त बाटो खोज्दै छन्
त्यसैले बुवा म अहिले विहे गर्दीन है
सायद हामो्र तिर भाले नभएर होला
म मोबाइलमा आलाराम राखेर बल्लबल्ल उठ्ने गर्छु
वुवा सोच्नुस त, अहिल्यै यदी म पराई घर गए भने
त्यहाको भाले बास्दा पनि,
यि मेरा आखाँले म सँग निउ खोजे भने
घरमा पो छोरी उठीन सञ्चो छैन् कि क्या हो
भन्दै आइसीन्छ हजुरहरु तर म पराई घर गए
भने सोच्नुुुस त, तेसा्रे विश्वयद्ध सुरु हुन्छ ।
अनि म सँगै रहेत ठिकै होला
तर प्रश्न उठ्छ ् तपाई अनि मामु प्रति
अनि ठडिन्छन् औला तपाईहरुको
पालन पोषण अनि सँस्कार प्रति
अनि म कहाँ सक्छु र थाम्न हजुरलाई त
सम्झना होला नि त्यो तल्लाघरे काकीको छोरीले
एकपटक तेरा बुवा त फोहरी दारी पालेका भन्दा
मैले रणको मच्चाको आज ३ वर्ष सम्म पनि
मैले उसको अनुहार हेर्या छैन् ।
अनि मैले फेरी झर्किएर झगडा गरे भने
फेरी समाजले हजुरकै माथि प्रश्न गर्छ
अनि सक्दिन बुवा म आफुलाई माफ गर्न
त्यसैले बुवा म अहिल्यै बिहे गर्दीन ।
बल्ल त यौवन बुझ्दै छु, कक्षा १२ सके बल्ल त
१८ को भए बा, बा म अझै पढ्छु नि
हाम्लाई त सरले २० वर्ष नभई विहे गर्नु त
अपराध भन्नु भाको थियो । तर बुव मैले स्नातक
सक्दा त २२ को हुन्छु नि , मलाई जागीर खानु छ ।
हजुरहरुले म प्रति गरेको लगानीको भारा पनि त
तिर्नछ ।
त्यसैले बुवा म अहिल्यै बिहे गर्दीन है
यो पारी रामुकाकाको छोरीले त
मास्टर सकेर कलेज पढाउछन् रे
अनि मैले अस्ति सोधेको उनलाई
रामुकाकाले त तलाई जे सही लाग्छ
त्यही गर मन्लाए विहे गर नमन्लाए
नगर तर सही बाटोमा हिड भन्नु भारे नि ?
के हजुर र रामु काका उस्तै हैन र?
के मैले विहे गर्नु पर्छ र ? खाली छोरी
हुदैमा पराइकै सेवा गर्नु पर्छ भन्ने छ र ?
म हजुरको सेवा गर्न चाहन्छु
ठिकै छ गर्नै परे अलिक पछि गर्छु नी हस्
बुवा म अहिल्यै बिहे गर्दीन है ।
साँच्चै बिर्सेछु मैले त हजुरलाई धन्यवाद दिनु छ ,
त्यो हामी माथील्ला घरे सुन्तली फुपुकी छोरीको त
१० कक्षा सकेसी बिहे गर्देका रे
धन्न तपाई ले १२ त पढाउनु भो त्यो सुन्तली
फुपुकी छोरीले त छोरी पाइछ रे
बिचरी आफ्नो ख्याल राख्न् नजान्ने उमेरमा
छोरीको ख्याल राख्न कसरी सकोस ?
सुन्छु छोरी सुकुटी छ रे
दोष सबै सुन्तली फुपुको हो ,
तल गाबिसको सचिब हुदो त
भन्थिन् बाल बिवाह रहित टोल बनाउछु
म मेरो टोललाई , खै तिनका बोलि बिक्न
छाडेछन् की तीन्को याददास हराए होला
आफै छोरी होइन बच्चामा
अनि बुवा मलाई सानोमा के बन्छेस
भन्दा शिक्षक बन्छु भन्दा हजुरले हुन्छ
म बनाउँछु भन्नु भाथ्यो त ?
सायद चालिसे लागेर होला भन्नुभयो कि भुलेको
नाटक गर्दै होइसिन्छ बुबा ?
अनि म कक्षा १२ पढ्दा लागेको क्रृणनी
भाई त सानै छ हजुर नि अब काम गर्न
सक्नु हुन्न कस्ले तिर्छ ?
मेरो बिहे भएमा दाईजोको क्रृण
म कसरी जानु मेरो बाबु आमालाई
क्रृणमा डुबाएर भोलि मेरा छोराछोरीले
नि त , सराप्लान तैले मेरो हजुर बुबा हजुर
आमालाई क्रृणमा डुबाएर आइथिस रे
अनि म कसरी जवाफ दिनु
बुवा त्यसैले अहिल्यै बिहे नर्दीन है
आमा अहिल्यै पराई हुदीन है ।
परीवेश चापागाई (मुन्छे)