skip this
  • खेल

    देवघाटमा कोरोनाको चेपुवामा असहाय वृद्धाहरु ,हुन थाल्यो दैनिकी खाना अभाव

  • विकास ढकाल /भरतपुर: देवघाटमा रहेको रोटरी करुणालय वृद्धाअश्रम द्वारा २०६६ साल देखि निरन्तर संचालनमा रहेको निशुल्क भोजनालय गएको शुक्रबार देखि ५ दिन का लागि नोबेल कोरोना भाइरस का कारण बन्द भएको थियो ।

    रोटरी करुणालय वृद्धाआश्रम द्वारा संचालित निशुल्क भोजनालय बन्द हुँदा असहाय बेबारिसे वृद्धा हरु मारमा परेका थिए ।

    ५ दिनको लागि केही चिउरा र दालमोठ दिए पनि वृद्धा हरु लाई पोष्टिक आहार भने चिउरा र दालमोठ नहुन सक्छ र यो बन्द ५ दिन भने पनि देश को परिस्थिति अनुशार ५ दिन भन्दा पनि अझै बढ्न सक्ने रोटरी करुणालय वृधाआश्रम का लेखापाल एवं स्थानीय व्यक्ति विष्णु सापकोटाले बताएका छन । सापकोटाका अनुसार बेबारिसे असहाय आमा बुवाको खाना रोक्ने चाहना नहुदा नहुदै पनि अहिले को देशको परिस्थिति र नारायणगढ बाट सडकव्यक्ति हरु थपिदै गएपछि यसले अहिले को परिस्थिति अनुशार ल्याएको चुनौतीले गर्दा स्टाफ हरु त्रसित भए पछि यो निर्णय लिन बाध्य हुन पुगेको उनले बताए ।बाहिरी व्यक्ति लाई खाना बन्द गरे पनि बृद्धाआश्रम भित्र नै बसोबास गर्ने वृद्धाहरु लाई भने गरेको छैन ।

    दुई दिन खाना बन्द भै सके पछि भने आइतबार साझ भने स्थानीय टोलबासीले आफ्नै सक्रियतामा गोर्खाली धर्माशालामा रहेका बेबारिसे असहाय हरु लाई आफै पकाएर खुवाएका थिए र स्थानीय कै पहल मार्फत सोमबार बाट चाहिँ पुनः रोटरी करुणालय वृधाआश्रमले बेबारिसे असहाय वृधा हरु लाई खाना खुवाउने जानकारी प्राप्त भएको छ । आश्रम परिवारले सहयोगको अपिल पनि गरेको छ । यो संकटपुर्ण समयमा कोहि सहयोग गर्ने महानुभाव हुनु हुन्छ भने हामीलाई संंमपर्क गर्नुहोस सुसन चितवने (9855072233) भरतपुर , बिकास ढकाल (9864177354) देबघाट)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु