skip this
  • चितवन विशेष

    युवा व्यवसायी सुजन ओझा द्धारा देवघाट क्षेत्रमा राहत वितरण

  • नोबेल कोरोना भाइरस का कारण देश पुरै लकडाउन को अवस्था बाट गुज्रि रहेको समय मा मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर हरु लगाएत विभिन्न घरपरिवार लाई यो समय बिहान बेलुका को छाक टार्न निकै धौ धौ परिरहेको छ ।

    यो समयमा भरतपुर महानगरपालिका अन्तर्गत वडा न १ मा रहेको देवघाट चितवन तर्फका मजदुर हरु लाई भ.म.न.प १२ निवासी समाजसेवी युवा व्यवसायी सुजन ओझाले देवघाट क्षेत्र विकास समिती र भ.म.न.पा वडा न.१ को समन्वयमा मजदुरी गरेर खाने २६ घर परिवार लाई राहत वितरण गरेका छन । ओझाले २०७६/१२/२० गते बिहीवार बिहान ९ बजेको समयमा देवघाट चितवन तर्फ रहेको अस्थायी प्रहरी चौकीको परिसर बाट राहत वितरण गरेका हुन ।

    जसमा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन बाबू घिमिरे भ.म.न.पा वडा न.१ का सदस्य शुक्र कुमार श्रेष्ठ अस्थायी प्रहरी पोस्ट देवघाट चितवनका इन्चार्ज प्र.स.नि कारी रावत देवघाट टोल विकास समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल उपाध्यक्ष रत्न कडेल सचीव मधु अधिकारी लगाएत विभिन्न सदस्य हरु र स्थानीय समाजसेवी हरको विशेष उपस्थिति रहेको थियो भने यो भन्दा पहिले मैया देवि ट्र्स्टका टंक पौडेल मार्फत पनि देवघाट र ठिमुरा गरेर ६३ घर परिवार लाई राहत वितरण भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु