skip this
  • चितवन विशेष

    महामारीको समयमा निशुल्क तरकारी बाड्दै युवा समाजसेवि हरु

  • आज गैंडाकाेट नगरपालिका वाड नं १ र २ लाई 1000kgफर्सि, ५००kg बन्दा,१००kg काऊलि, २००kg काक्राे निशुल्क बितरण गरिएको छ ।

    दाताहरु समिर भुषाल,सुजन भन्डारि,दिननाथ रेग्मी, ऱ्पदिप चापागाई श्याम भुजेल ले नि:शुल्क उपलव्ध गराउनुएको तरकारी गैंडाकोट नगरपालिकाको वार्ड १ र २ मा निशुल्क बितरण गरिएको युवा समाजसेबि एबम कृषक समीर भुशालले जानकारी गराउनु भएको छ । यस्ता सहयोगको कार्यक्रम चितवन र नवलपुरका अन्य ठाउँ हरुमा पनि गर्ने उहाँले जानकारी गराउनु भएको छ ।

    आखिर को हुन त समीर भुशाल
    हेेेर्नुस उहाँको पूरा जानकारी

    भरतपुर–२५ शुक्रनगरका समिर भुषाल व्यवसायिक तरकारी खेतीमा लागेको १० वर्ष भयो । ३ वर्ष पहिले उनले भूषाल व्यवसायिक तरकारी फर्म दर्ता गरे । फिजिक्समा स्नातकोत्तर गरेका समिरलाई विदेश मोहले छोएन । बुबा आमालाई सघाउँदै तरकारी खेतीमा होमिएका उनी यतिबेला सफल किसान मानिन्छन् । ५ विघामा तरकारी लगाएका छन् । १ विघामा फर्सी लगाएका थिए । अहिले फर्सी बेच्नलाई तयार छन् । तर, बजार मूल्य नगण्य छ । प्रतिकेजी १० देखि १२ रुपैयाँसम्म पर्छ ।

    “बारीमै आउनेलाई चाहिएजति फर्सि निःशुल्क दिएको छु”, समिरले भने, “लकडाउनका बेला हरियो तरकारी उपलब्ध होस् भनेरै सहयोग गरेको हुँ ।” उनले ३ दिनमा झण्डै ५ हजार केजी फर्सी टिपे । काठमाडौं, बुटवल, पोखरा, नारायणगढका मण्डीदेखि व्यापारी आएर उनको फर्मबाट तरकारी लान्थे । तर, उनले स्थानीयलाई निःशुल्क फर्सी बाड्ने अभियाननै चलाए । चैत १८ गतेदेखि थालेको उनको यो अभियान २३ गतेसम्म चल्नेछ । “बिक्री नभएर सित्तैमा बाँडेको होइन”, उनले भने, “उपभोक्तालाई हरियो तरकारीको खाँचो छ, त्यसैले सहयोग गरेको हो ।” पहिलो दिन १ सय ५०, दोस्रो दिन २ सय जनाले तरकारी लिएर गएको बताए । बिहीबार दिउँसोसम्म १ सय जनाले तरकारी लगेको बताए ।

    “बोरामै तरकारी लिएर जाने कम छन्, केही संघसंस्था, आश्रमले धेरै परिमाणमा लगेका छन्”, उनले भने, “सहयोग गर्न पाउँदा खुसी छु ।” उनले वर्षेनी करिब ७ लाख बराबरको फर्सी बेचेका छन् । यो चैतमा उनले ५ ठाउँमा फर्सी बेचेका थिए । तर, फर्सीको पैसा आएको छैन । लगाएको ४५ दिनपछि फर्सीले उत्पादन दिन सुरु गर्छ । १ महिनासम्म उत्पादन लिन सकिन्छ । हरेक दिन २० क्विन्टलसम्म फर्सी तयार हुने अनुमान छ । उनका अनुसार लाम्चो आकारको ‘सलिसा’ जातको फर्सी हो । ४ सय ग्रामदेखि १ केजीसम्मको तौल हुन्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेर हिडडुलमा कडाइ गरेपछि कैयन किसान तरकारी बिक्री नभएर चिन्तामा छन् ।

    समिरको फर्ममा काउली, करेला, ब्रोकाउली, बन्दा, चिचिण्डा तयार हुने क्रममा छन् । “१५ दिनपछि अन्य तरकारीपनि तयार हुनेछन्”, उनले भने, “अहिले तरकारी ढुवानीमा सरकारले सहज बनाएकाले बारीमै नष्ट गर्नुपर्ने अवस्था नआउला ।” फर्सी लगाएको १ विघामा यही हप्ता मकै छर्ने सोचमा छन् । “फर्सी बारीमा सकिएपछि मकै लगाउने हो”, उनले भने, “आश्रम, संघसंस्थाले ढुवानीका साधन ल्याएरै चाहिएजति फर्सी लान सक्नुहुनेछ ।” आफूले प्रचारका लागि निःशुल्क फर्सी बाड्ने अभियान नचलाएकोे बताउँछन् ।

    लकडाउनका बेलासम्म उनले २ लाख रुपैयाँ बराबरको काउली बेचे । गत वर्ष ३५ रुपैयाँसम्म लौका बेचेका उनी यसपाली मूल्य नपाइने चिन्तामा छन् । “१५ दिनपछि दैनिक १० क्विन्टल लौका उत्पादन हुदैछ”, उनले भने, “यसपाली दुःख सुख बेच्न सकिएला, तर मूल्य पाउन गारो पर्छ जस्तो लाग्छ ।

    उनको फर्ममा ८ जनाले रोजगारी पाएका छन् । उनी सहितका ४ जना युवा मिलेर यही वर्ष शुक्रनगरमै चितवन रुलर एजुकेशन संस्था समेत चलाएका छन् । प्रौढ शिक्षा, ट्युसन, कम्प्युटर तालिम, मन्टेश्वरी पढाईका कक्षा चलाउदै आएका थिए । तर, लकडाउनका कारण यी सबै काम रोकिएका छन् । न्युज source kaayakairan.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु