skip this
  • चितवन विशेष

    देवघाट दाहसंस्कार स्थल मा लापरबाही एकै चोटि ४०० मलामी,किन सुरक्षा फितलो ?

  • विकास ढकाल /भरतपुर /के देवघाट सुरक्षीत छ सरकार?
    विश्व नै पुरै महा महामारी को अवस्था मा गुजि्ररहेको यो घडी मा नेपाल समेत पुरै लकडाउन को अवस्था मा  रहेको छ र विशेष रुपमा २५ जना भन्दा बढी व्यक्ति हरु एक समूह मा नबस्ने र सामाजिक दुरि कायम गर्ने भनेर राज्य ले नीति नियम बनाए पनि  देवघाटधाम मा भने यो लागू हुन सकेन विशेष रुपमा देवघाट एक धार्मिक स्थल एव शव दाह स्थल रहेको ले धार्मिक पर्यटक हरु आउन बन्द भए पनि  शव दाह गर्न आउने मलामी भने घटेनन  २०७६/१२/२४   गते सोमवार को दिन मा मात्र  देवघाटधाम मा मलामि को संख्या अनुमानित ४०० रहेको थियो शुक्रनगर कावासोती ज्यामिरे भोजाड बुटवल गोन्द्राङ देखि शव आउदा  मलामी सङ्ख्या बढ्न गएको स्थानीय व्यक्ती एवं दाहसंस्कार व्यवस्थापक मगल लामा बताउछ्न र सोमबार को दिन मात्र ११ बजे सम्म ६ ओटा शव आएको उनले जानकारी दिए
    ‌र यहीँ विषय मा रहेर देवघाट टोल विकास सस्था चितवन का अध्यक्ष मुकुन्द शरण सिग्देल बताउँछन् दाहसंस्कार को जिम्मेवारी देवघाट क्षेत्र विकास समिति ले लिएको हुँदा देवघाट टोल विकास मार्फत  देवघाट क्षेत्र विकास समिति  लाई व्यवस्थापन सम्बन्धमा आग्रह गरेका हौ तर देवघाट क्षेत्र विकास समिती बाट पनि  कुनै जिम्मेवारी पुर्ण को काम हुन सकेन र मलामी आएका व्यक्ति हरु ६/७ जना को समूह मा देवघाट क्षेत्र घुम्दिने अनि मलामी को लागि केही होटल खोल्दिने ,एम्बुलेन्स मा सर्वसाधारण बोक्ने र देवघाट चितवन तर्फ को नाकाको सुरक्षा  फितलो भएकाले चुनौती बढेको   र यसको व्यवस्थापन को विषय मा अब जिल्ला प्रशासन कार्योलय  सग कुरा गर्ने उनले बताए र चितवन बाहेक अन्य जिल्ला बाट आउने शव लाई समेत व्यवस्थापन गर्नु पन्रे जानकारी दिए र अब भने देवघाट बासी को सुरक्षा को सवाल रहेको ले  सुरक्षा कर्मिको साथ मा रहेर देवघाट चितवन तर्फ को क्षेत्र र नाका मा कडाइ गर्ने देवघाट टोल विकास का सचीव मधु अधिकारी ले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु