skip this
  • नेपाल सेरोफेरो

    देवघाटको झोलुङ्गे पुल सर्वसाधारण लाई सास्ती सरकारी कर्मचारी र प्रहरी लाई मस्ती , अब बोल्ने को

  • पवित्रतिर्थ स्थल देवभुमी देवघाटधाम को चर्चित एवं चितवन र तनहुँ जोड्ने त्रिशुली नदिमाथी बनाइएको झोलुङ्गे पुल पछिल्लो समय जिर्ण बन्दै गएको छ २ सय १४ मिटर लामो उक्त पुल वि.सं.२०३७ साल बाट सन्चालन मा आएको थियो
    ४० वर्ष समय पार गरिसकेको उक्त पुल अझै संरक्षण गर्न र टिकाउ गराउन एउटा नियम लागु गरिएको छ झोलुङ्गे पुल मा दौडिन उफ्रीन डन्डी समाएर मच्चाउन र विशेष गरि मोटरसाइकल वारि पारी तार्दा सिटमा बसेर चलाउन निषेधित गरिएको छ यदि नियम उल्लंघन गरेमा प्रहरी द्वारा कार्वाही गरिने र मोटरसाइकल हरु लाई जरिवाना तिराएर मात्र छाड्ने जस्ता कार्य हरु भइरहेका छन र नियम उल्लंघन गर्ने धेरैनै सर्वसाधारण प्रहरी को निशाना मा परिसकेका छन जसले गर्दा झोलुङ्गे पुल अझै टिकाउ भइरहेको छ
    तर हाल कार्वाही गर्ने प्रहरी र नियम बनाउने सरकार का कर्मचारी ले नै नियम उल्लंघन गर्न थालेका छन भने अब कार्वाही गर्ने निकाय कुन विशेष रूपमा देवघाट गाउँपालिका र इलाका प्रहरी कार्योलय देवघाट तनहुँ का केही कर्मचारी हरु आफै नियम उल्लंघन गरेर पुल मा मोटरसाइकल डोर्‍याउनु को सट्टा चलाएर हिडेको स्थानीय को भनाइ छ र उनिहरु कर्मचारी हरुले पटक पटकनै नियम उल्लंघन गरेको बताउछन् र यो विषय मा देवघाट गाउँपालिका का अध्यक्ष दुर्गा बहादुर थापा भने नियम सबै लाई बराबर हो तर सबै कुरा को जिम्मा पनि आफुले नलिने बताउछन जनप्रतिनिधि ले नै यस्ता लापरबाही बारे नबोले अब बोल्ने कसले ?
    के सर्वसाधारण ले मात्र कार्वाही भोग्नु पर्ने हो ?

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु