skip this
  • चितवन विशेष

    भरतपुर महानगरको पहलमा रामनगरमा सयौं यात्री लाई खान खुवाउदै

  • रामनगर । भरतपुर महानगरपालिकाको समन्वयमा र रामनगर ठिमुरा राहत संकलन तथा वितरण समितिले आफ्ना वडाका विपन्न नागरिक तथा मजदुरहरुका लागि र रामनगर हुँद पैदल यात्रा गर्नेहरुको लागि निःशुल्क खाना तथा राहत वितरण काम प्रभावकारी भएको समितिका अध्यक्ष टंक न्यौपानेले बताए ।

    चेपाङ, दलित समुदाय रहेको विपन्न र दैनिक ज्यालादारीमा जीवन गुजारा चलाउने समुदाय रहेको हुनाले आफूहरुले कुनै कसर बाँकी नराखी सबै सुविधा लिन चाहने नागरिकसमक्ष राहत लगेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

    रामनगरसम्म आएकाहरु भोको पनि रहनु नपर्ने र हिँडेर आएकालाई यहाँ आएपछि गाडीको व्यवस्था हुने गरेको समाजसेवी टंक न्यौपानेले बताए । रामनगर र ठिमुरा निवासीहरुको पूर्ण सहयोग र समर्थनमा प्रभावकारी हिसाबले काम भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

    राहत संकलन तथा वितरण समिति निर्माण गरेर स्थानीयहरुले दिनरात सडकमा यात्रा गर्नेलाई खाना खुवाइरहेका छन् । कतिपय सवारीले निःशुल्क खाना पाइने भएपछि यात्रुलाई ओरालेर खाना खुवाउनेसमेत गरेका छन् । यात्रामा आउने बाल बच्चा लाई दुधको समेत ब्यबस्था गरिएको छ । खाना खुवाइ सकेपछि मालबाहक ट्रकमा राखेर सम्बन्धित ठाउँमा समेत पुर्याउने ब्याबस्था गरिएको स्थानीयले बताए ।

    खानाको साथै शौचालय, खानेपानीको पनि रामो व्यवस्था रहेको रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँवरले बताए । स्थानीय ३५० घरधुरीलाई परिवार संख्याका आधारमा १५ किलोदेखि २३ किलोसम्म चामल र अन्य दाल तथा तेल वितरण गरिएको उनले बताए ।

    यो अभियानमा उद्यमी राजेन्द्र अर्याल,  समाजसेवी फणिन्द्र भण्डारी,  नेकपा चितवनका जिल्ला कमिटि सदस्य मधु न्यौपाने, उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य भानु न्यौपाने वडा नम्वर १ का वडा सदस्य याम बहादुर राना मगर, समाजसेवी जग्गनाथ भण्डारी , माधव नगरकोटी,  राजु ठकुरी लगायत अन्य युवाहरु सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु