skip this
  • चितवन विशेष

    नेकपा कालिका नगर कमिटीद्वारा कोरोना कोषमा रकम हस्तान्तरण

  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालिका नगर कमिटिले कोरोना कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।

    विश्व आतङ्गकित बनाइराखेको कोभिड – १९ कोरोना भाइरसको कारणले देश लकडाउनमा रहेकोबेला दैनिक ज्याला मजदुरि गरेर खान समेत नसकी दयनिय अवस्थाका परिवारहरुलाई राहत उपलब्ध गराउन हेतुले एकद्वार प्रणाली मार्फ़त बितरण गर्ने नेपाल सरकारको निर्णय अनुसार कालिका नगर प्रमुखलाई रु.१,६३,७६०/- एकलाक त्रीसठी हजार सातसय साठि रुपैया सहयोग गरेको छ । उक्त रकम ime बैँक खोलेसिमलमा राहत ब्यवस्थापन कोषमा जम्मागरि नगर प्रमुखलाई भौचर हस्तान्तरण गरिएको नेकपा कालिका नगर कमिटी कि अध्यक्ष सबिता लाम ले बताउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु