skip this
  • चितवन विशेष

    चितवनमा प्रहरीद्वारा पत्रकार माथि दुर्व्यवहार

  • स्थलगत रिपोर्टिङका क्रममा रहेका पत्रकारहरूलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग गरिएको छ ।सोमबार भरतपुरको चौबीसकोठीमा रिपोर्टिङमा रहेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएममा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गरी नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघ चितवन शाखाले जनाएको छ ।महासंघ, नेपाल प्रेस संगठन र नेपाल प्रेस युनियन चितवनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकार दुर्व्यवहार र नियन्त्रणमा लिने प्रहरीलाई कारबाही गर्न माग गरेका हुन् ।परिचयपत्र देखाएर सञ्चारकर्ममा नै खटिएको भनी पटकपटक जानकारी गराउँदा पनि प्रहरीले पत्रकारका सवारीसाधनसमेत नियन्त्रणमा लिई कभर्ड हलमा लगेर क्वारेन्टाइनमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।पत्रकारले खिचेको फोटो, भिडियोसमेत डिलिट गर्न लगाई सञ्चारकर्मी र सञ्चारसाधनलाई नियन्त्रणमा लिइनु खेदजनक रहेको महासंघका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।

    महामारीको अवस्थामा समेत अग्रपंक्तिमा रहेर जनतालाई सुसूचित गराउने काममा खटिएका पत्रकारलाई जबर्जस्ती पक्राउ गर्ने प्रहरीलाई कारबाही गर्न प्रेस संगठन चितवनका संयोजक प्रकाशमणि ज्ञवालीले माग गरे ।त्यस्तै, पत्रकारहरूको सुरक्षामा संवेदनशील रहन र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण तयार पार्न नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु