skip this
  • चितवन विशेष

    महामारीको चेपुवामा बिद्यार्थी

  • बिक्रम न्यौपाने, बीरेन्द् बहुमुखी क्याम्पसका विद्यार्थी नेता


    महामारीको चेपुवामा विद्यार्थी- काेभिड-१९ ले पारेकाे याे महामारीको समयमा सारा विश्व समुदाय अाक्रान्त छ । यस्तो बेलामा घरमै बसेर अाफु र अाफ्नाे समुदायलाई स्वस्थ राख्नु अाम नागरिकको दायित्व हाे । यसै सन्दर्भमा सरकारले अाव्हान गरेकाे लकडाउनलाई पुर्ण समर्थन गर्दै देशैभरिका स्कुल तथा कलेजहरु पनि बिगद एक महिना देखि पठनपाठन बन्द भएका छन् । अहिले सरकारले प्रबिधिलाई अधिकतम प्रयाेग गरेर अनलाइन बाटै पठनपाठन गराउन निर्देशन दिएकाे सुचना सञ्चार माध्यमबाट सुन्न तथा देख्न पाइन्छ । तर सरकारले याे कत्तिको प्रभावकारी हुन्छ , कति बिद्यार्थीले याे सुबिधा लिनसक्ने ठाउँ / अवस्थामा छन् , कति बिद्यालय तथा क्याम्पसमा यसकाे लागि पुर्वाधार छन् , अादि जस्ता कुराहरु एकपटक पनि अाकलन गरेकाे जस्ताे लाग्दैन । नेपालमा ६०/७० प्रतिशत भन्दा बढी बिद्यार्थी गाउँका छन् र कतिपय गाउँमा एक कल फाेन गर्न पनि घण्टाैकाे दुरिमा जानुपर्छ , कतिपय बिद्यार्थीसँग स्मार्ट फाेन छैन , कतिपय गाउँमा बिद्धुत नपुगेकाले इन्टरनेटकाे कुरै छाेडाै टिभी पनि चलाउन गार्‍हो छ । लकडाउनकाे समय बढ्दै जादा दुर्गम गाउँमा रिचार्ड कार्डहरु पनि उपलब्ध हुन नसकेकाे कुरा पनि अहिले चर्चाको बिषय बनेकाे छ । यस्ताे अवस्थामा सहरका डेरामा बस्न गार्‍हो हुनाले गाउँमा पुगेका विद्यार्थीलाई सरकारले तय गरेकाे अनलाइन कक्षाले कसरी समेट्न सक्ला ? बिद्यालय तथा विश्वविद्यालयले सम्पूर्ण विद्यार्थीलाई एउटै दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । अनलाइन कक्षा काे अवधारणा वास्तवमा नयाँ युगमा प्रबिधिकाे उच्चतम प्रयाेग हाे तर पनि सरकारकाे अाखाले सहरलाई मात्रै देख्न नहुने हुँदा र ग्रामीण क्षेत्रमा प्रयाप्त विकास नभइसकेको हुँदा अहिलेलाई राेक्नुकाे बिकल्प छैन । यस विषयमा सम्बन्धित सबैको ध्यानाकर्षण हुन अत्यन्तै जरुरि छ । याे बेलामा डेरामा बसेर स्कुल /क्याम्पस पढ्ने विद्यार्थीहरुले केही समस्या परेमा सम्बन्धित स्कुल /क्याम्पसमा सम्पर्क गर्नुहाेला र दुखमा परेका विद्यार्थीलाई सहयाेग गर्नतिर लाग्न सम्पूर्ण क्याम्पस प्रशासनलाई विनम्र अनुराेध गर्दछु ।
    र अन्त्यमा , याे महामारीबाट बच्न र देशलाई बचाउन सम्पूर्णकाे भुमिका उत्तिकै रहेकाले लकडाउनलाई पुर्णरुपमा पालना गराै । २/३ महिना पठनपाठन राेकिदैमा केही हुदैन , ज्यान रहे पढ्ने र पढाउने कामलाई निरन्तरता दिने नै छाै । धैर्य भएर घरमै बसाै , अाफ्ना भाइबहिनी , छाेराछाेरीलाई घरायसी व्यवहारिक कुराहरु सिकाइ यस समयलाई सदुपयोग गराै ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु