skip this
  • चितवन विशेष

    प्रविधि बिनाको अनलाइन कक्षा , कागलाई बेल पाक्यो हर्ष न विस्मात !

  • अझै पनि नेपालका धेरै जनताहरुकालागि रेडियो,टेलिभिजन र ईन्टरनेट लगायतका सञ्चारका साधनहरु धनी र उच्च बर्गका व्यक्तिहरुले प्रयोग गर्ने साधनको रुपमा रहिरहेको अबस्थामा जुन शैक्षिक प्रक्रिया निरन्तरताका लागि सञ्चारका माध्यमहरुद्वारा पठनपाठन सुचारु भयकोछ यो सञ्चारका माध्यम सम्म पहुँच पुग्ने, निजि शैक्षिक संस्थाहरूमा अध्ययन गरिरहेका विद्यार्थी हरुको हकमा ठिक होला! तर तेस्ता सञ्चारका साधनहरुको पहुँचमा नपुगेका, बिहान-बेलुकी छाक टार्नका लागि अर्काको घरमा मजदुर गरि गुणस्तरीय शिक्षा प्राप्त गर्ने उच्च अभिलाषाका साथ सरकारि तथा गैरसरकारी विद्यालय र क्याम्पसहरुमा भर्ना भएका विद्यार्थीहरुको हकमा किमार्थ प्रभावकारि हुन सक्दैन ।
    सप्तगनडकि क्याम्पसमा अध्ययन गरिराखेका धेरै विद्यार्थी यस प्रकारका (सञ्चार माध्यम ) ईन्टरनेटको पहुँच भन्दा बाहिर छन्,दुर दराज देखि सुनौलो भविष्य को खोजिमा सहर प्रवेश गरि ठेलामा तरकारि,चटपटे बेचेर साँझ बिहानको छाक टारि बल्लतल्ल सरकारि र गैरसरकारी क्याम्पसहरुमा उध्ययन गरिराखेका विद्यार्थीका लागि “कागलाई वेल पाक्यो हर्ष न विस्मात्” भन्ने नेपाली उखान सरह हुनेछ । शिक्षा उनिहरुको पनि नैसर्गिक अधिकार हो । माहामारिका नाम दियर ती अत्यावश्यक फोन गर्नलाई समेत नेटवर्कको खोजिमा गाउँका डाँडा सम्म भौतारिन बाध्य भयका विद्यार्थी लाई शिक्षा बाट बन्चित नगराईयोस् ।

    प्रविधि मैत्री हुनुपर्छ तर अावश्यक पुर्वाधारको उपलब्धताको अध्ययन विना सुचारु गरियको योOnline class को नाटक बन्द गरियोस्। कुन प्रकारको मनस्थितिले सुचारु गरियो? 25% विद्यार्थी लाई शिक्षा प्रदान गरेर शैक्षिकसत्र सुचारुगरेको भन्ने अाडम्बर देखाउनकालागि हो??यदि हैन भने70% भन्दा बढि विद्यार्थी सहरिक्षेत्र भन्दा बाहिरि पहाडी जिल्लाहरुबाट अध्ययनकालागि अाएका छन्, कतिपय जेहेन्दार विद्यार्थी संग सामान्य प्रकारको मोवाईल सम्म उपयोग गर्न सक्ने अार्थिक अवस्था छैन भने के तिनिहरु शिक्षाबाट अलगिनुपर्ने?
    यो भेदभावपूर्ण अनलाईन कक्षाहरु तुरुन्तै बन्द गरियोस् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु