skip this
  • फिचर

    अनेरास्ववियू चितवनको पहलमा राहत वितरण

  • चितवन,बैशाख १-

    अनेरास्ववियू चितवनको समन्वयमा उद्योग वाणिज्य संघ चितवनले विद्यार्थीलाई राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप रोक्न सरकारले गरेको लकडाउन प्रभावित चितवनका विद्यार्थीलाई राहत वितरण गरिएको हो ।

    देशका विभिन्न जिल्लाबाट चितवन आएर कोठा भाडामा लिई बसोबास गरेर अध्ययन गरिरहेका र समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिए । उनले विभिन्न क्याम्पस कमिटिलाई परिचालन गरी विद्यार्थीको तथ्याङक संकलन गरी समस्यामा परेका विद्यार्थीको पहिचान गरेर राहत वितरण गरिएको बताए ।

    आज (विहिवार) ८५ जना विद्यार्थीलाई प्रति विद्यार्थी जिरा मसिनो चामल ७ केजी,तेल १ पोका,प्याज १ केजी र आलु २ केजीका दरले वितरण गरिएको आचार्यले जानकारी दिए ।

    राहत वितरण उद्योग वाणिज्य संघ चितवनको परिसरमा संघका पदाधिकारी र अनेरास्ववियूका संयोजक प्रकाश आचार्यको उपस्थितिमा गरिएको थियो । यसअघि पनि स्थानिय तहल राहत वितरण गर्दा प्रत्यक वडामा समन्वय गरेर विद्यार्थीलाई रहात वितरण गरिएको अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियूकै पहलमा केही विद्यार्थीलाई घर पठाइएको र केही विद्यार्थीको घरभाड समेत छुट गराइएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु