skip this
  • नेपाल सेरोफेरो

    मेरा लागि मेरो एकान्त – पवन देव अधिकारी


  • तिमी बैगुनी होइनौ लुरि अनि म गुनि पनि छईन ।
    तिमी आफै भन हाम्रो सम्बन्धलाई म के नाम दिउँ ।।
    हलो जोत्न नजानेर मात्रै हो नत्र म हलिनै हो ।
    भनेको मान्नु र जान्नुमा फरक छ । म मान्ने ज्यादा र जान्ने कम स्वभाबको मान्छे हु ।
    मेरा लागि मेरो एकान्त
    किन हो कुन्नी फेरि म त्यो एकान्तलाई मन पराउदै छु भनौ एक्लिएको छु या भनौ सुनसान मेरो लागि सान बन्दैछ ।।
    एकान्तलाई नै साक्षी राखेर एकान्तलाई छाड्ने निर्णय गरेको धेरै भएको छैन फेरि हाम्रो भेट हुदैछ कुनै नयाँ तरिकाबाट ।
    मलाई साथ दिनको लागि जङ्गलमा उड्ने चराहरुले आफ्नो काम गर्दैछन , नदि आफ्नो बेग र गतिमा नाच्दैछ मधुर संगीतमा , रुखहरुको पात झर्ने प्रकृया चल्दैछ , बादर र सुन्दरीहरु एकआपसमा जिस्कदै छ्न । एस्तै एस्तै संगीतमा रमाउदै बादरद्रारा सुन्दरिहरु बलत्कृत हुदैछ्न ।।
    महिले हेर्दा उनिहरु लजाउदैनन खुल्लम खुल्ला आफ्नो कार्य गर्नमा मस्त भेटिन्छ्न ।
    आखा हटाउन खोज्छु अनि फेरि सोच्छु आँखा हेर्नको लागि बलाईएको हुन्छ अनि जबसम्म आँखा अगाउदैनन तबसम्म म हेरिरहन्छु ।।
    आफुले आफुलाई गलत प्रमाणित गर्छु फेरि सोच्छु म मेरो अदालतमा कसरी आफैलाई गलत बनाउन सक्छु ।
    हार र जित छुटाउन नसकेर गोजिबाट चुरोट निकाल्छु र सरासर तान्छु अनि आफुलाई हारेको होइन जित्न नसकेकोमा तुच्छ ठान्छु ।
    त्यतिबेलै कमिलाले मलाई टोक्छ अनि मलाई रिस उठ्छ म त्यो रिसलाई कन्ट्रोल गर्छु अनि फेरि सोच्छु हामिले बाचेजस्तै यो कमिलालाई पनि बाच्ने अधिकार छ ।
    अनि कल्पना गर्छु कमिलो हास्दैछ म जित्दैछु ।।
    हो हामिमा कमिलालाई मार्ने अधिकार छैन त्यो पनि एउटा हत्या नै हो ।।
    सुर्यले आफ्नो रङ बदल्दै जान्छ र भन्छ आजलाई तेरो छुट्टी भयो अनि म बिस्तारै एकान्तलाई फेरि भेट्ने बाचाका साथ एकान्तको साथ छोड्ने गर्छु ।।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु