skip this
  • चितवन विशेष

    महामारीले त्रसित बनाएको यो समय मा बस्दै आएको घर टहरो हटाउन अल्टिमेटम

  • भरतपुर / चितवन/ विश्वनै महामारी को यो अवस्था बाट गुज्रिरहेको समय मा कति मान्छे भोकै हुनु पर्याछ तर विभिन्न स्रोत र दाता हरु मार्फत राहत दिने कार्य भै रहेको छ कति घर पुग्ने लक्ष्य बोकेर पैदल यात्रा गरिरहेका व्यक्ती लाई ट्र्क हरु मार्फत भए पनि घर सम्म पठाइदिने कार्य कति सघ सस्था ले गर्दै आइ रहेका छन किन कि अहिले को समय बचौ र बचाउ भन्ने अवस्था बाट गुज्रिरहेको छ तर पवित्र देवभुमी देवघाट मा भने उच्च स्थान मा रहेको सस्था देवघाट क्षेत्र विकास समिति ले यो समय मा घर टहरो हटाउन अल्टिमेटम दिएको छ चितवन को भरतपुर महानगरपालिका १ देवघाट बस्ने सन्त बहादुर नाम गरेका निज लाई ४० वर्ष देखि बस्दै आएको घर टहरो हटाउन देवघाट क्षेत्र विकास समिति ले २०७७ बैशाख २१ गते पत्राचार मार्फत अल्टिमेटम दिएको हो । कसरी बचौ र अरुलाई पनि कसरि बचाउ भन्ने यो समय र काेराेनाकाे महामारी बाट विश्व त्रसित भइरहेको बेला यसरी अल्टिमेटम दिनु गलत छ। विगत ३५/४० वर्ष देखि बसाेबास गर्दै अाइरहेकाे ठाउँबाट याे महामारीको समयमा हट भन्नू मानवता भन्दा बाहिर रहेको देवघाट का केहि स्थानीय बताउछ्न र सो जग्गा र घर बारे केही विवाद रहेको तर यो समय भनेको आफू पनि बच्ने र अरुलाइ पनि बचाउने स्थिति बाट गुज्रिएकाले यो कार्य गलत रहेको देवघाट टोल विकास समिति का उपाध्यक्ष रत्नलाल कडेल ले बताएका छन तर देवघाट क्षेत्र विकास समिती को आधिकारिक धारणा भने आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु