skip this
  • अन्तरवार्ता

    अब टोलमा प्रवेश निशेध गर्ने र बाटो छेक्ने लाई कानुन बमोजिम कार्वाही

  • कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल–टोलमा नयाँ मान्छेलाई प्रवेश नि षेध गर्न थालिएको छ ।।गल्लिका बाटाहरु बन्द गराउन स्थानिय मानिसहरु हुलका हुल खटिएका भेटिन्छन् । सुरक्षाकर्मीलाई समेत पछाडी राखेर स्थानिय युवाहरु स्वयंसेवाको नाममा सवारी पास जाँच गर्न थालेका छन् ।

    नागढुंगामा सरकारी अनुमती बिना आफुलाई स्वयंसेवी बताउने उत्तम कार्कि सहितको समूहले स्वास्थ्यकर्मीलाई दु ब्र्यव हार गरेपछि गृहले त्यस्ता गतिविधीमा रोक लगाएको छ ।मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानिय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पु¥याउने अमानविय कामप्रति मन्त्रालयको गम्भिर ध्यनाकर्षण भएको छ ।’

    कत्तिपय बस्तिमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दवाव दिने र आवागमनमा दु ब्र्य वहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधी गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

    आईतबार साँझ गृह मन्त्रालयले टोल–बस्तीमा प्रवेश निषेध गर्ने र बाटो बन्द गराउनेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

    ‘संक्रामक रोग ऐन–०२० अनुसार सरकारको निर्णय पालना गराउन सवै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरिएको छ’ मन्त्रालयलको विज्ञप्तीमा भनिएको छ–‘जारी आदेशको अ पहेलना गर्ने वा काममा बाधा पु¥याउने जुनसुकै ब्यक्तिलाई पनि कानुन बमोजिम ह दैसम्मको स जाय हुन्छ ।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु