skip this
  • फिचर

    संगठनको नीति बिपरित कार्य गरेको अखिल क्रान्तिकारी द्वारा कारबाही

  • गुल्मी, जेष्ठ १५/२०७७

    गुल्मी जिल्लाका विभिन्न व्यापारी,शैक्षिक संस्था,कर्मचारी,ठेकेदारसँग राहत वितरण गर्ने भन्दै अनाधिकृत रुपमा चन्दा मागी आफ्नो दैनिकी चलाइरहेको भन्दै बिप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी द्वारा आफ्नै संगठनका विद्यार्थी नेता लाई संगठनिक कारवाही गरेको छ । गुल्मी जिल्लाका क्रान्तिकारी का अध्यक्ष विकल्प खत्रीले आफुले प्रमाण सहित कारबाही गरेको बताएका छन ।

    बिग्यप्तीको पुर्ण पाठ

    त्याग,संघर्ष,बलिदान र विजयको रक्तरन्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित हाम्रो गौरवशाली संगठन अखिल(क्रान्तिकारी) सदैव विद्यार्थी हकहितका लागि लड्दै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ।

    अहिले देशमा कोभिड-१९ को महामारीले आम विद्यार्थीहरु शिक्षा लिनबाट बन्चित छन भने सरकारले पनि यसमा कुनै तदारुकता देखाएको छैन उल्टै राष्ट्रिय स्वाधीनता माथी आच आउने खालको क्रियाकलाप गर्नमा व्यस्त छ।यस्तो बेलामा पनि जिल्लाका विभिन्न व्यापारी,शैक्षिक संस्था,कर्मचारी,ठेकेदारसँग राहत वितरण गर्ने भन्दै अनाधिकृत रुपमा चन्दा मागी आफ्नो दैनिकी चलाइरहेकाले आजको मितिदेखि हाम्रो संगठनका जिल्ला सचिव विष्णु बहादुर वि.क. र जिल्ला सदस्य राज खड्कालाई हाम्रो संगठनको नीति विपरीत आर्थिक अरजकता मच्चाएकोले सधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको कुरा आम जनसमुदायमा जानकारी गराउछौ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु