skip this
  • फिचर

    डा. केसीसँग वार्ता गर्न तयार छौँ, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो : प्रचण्ड

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न तयार रहेको खुलासा गर्दै डा. केसीको अनसनको आडमा आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको नियतमाथि प्रश्चचिह्न खडा गरेका छन् ।
    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा नेकपाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी डा केसीसँग वार्ता गर्न तयार छौँ । तर, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ? काँग्रेस केसीको पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ? के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो ? के काँग्रेस अलोकतान्त्रिक भएको हो ? के काँग्रेस एजेन्डाविहीन भएको हो ? गोविन्द केसीको माग पूरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो । काँग्रेसको अवसानको बाटो शुरु भयो ।’

    ‘दुई तिहाई बहुमतको सरकारलाई विदेशमा कम्तीमा तीन वर्ष काम गर्न दिएर कुनै विरोध गरिँदैन’ अध्यक्ष प्रचण्डले भने, ‘डा. गोविन्द केसीले गरेको अनसनप्रति कुनै घृणा छैन । तर एउटा व्यक्ति माग राखेर अनसनमै बस्ने हो भने चुनाव किन चाहियो ? संसद किन चाहियो ? चुनाव किन गर्ने ? पालैपालो एक जनालाई अनसनमा राखौँ । माग पूरा गरौँ ।’
    ‘सफा राजनीति गरौँ । अनसन बसेको एक जना डाक्टरको फेरो समातेर कुरा गर्नु पर्ने ? हामी सिधै बसेर कुरा गरौँ’ नेपाली काँग्रेसलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘होइन भने भिरबाट खस्न लागेको काँग्रेसलाई के भन्न सकिन्छ ? त्यही भन्ने हो । काँध थाप्न सकिन्न । जनताको ताकत भनेको के हो भन्ने हामीले देखाउने छौँ ।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु